२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

साहित्यकार न्यौपानेको ‘अशून्यम्’ लोकार्पण

काठमाडौँ — तनहुँका साहित्यकार काशीनाथ न्यौपानेको अशून्यम् उपन्यास शनिवार राजधानीमा लोकार्पण गरिएको छ । चार वेद र अठार पुराणका रचियता व्यासको अध्येता समेत रहेका न्यौपानेको उक्त पूस्तक बुक हिल प्रकाशनले प्रकाशित गरेको हो ।

साहित्यकार न्यौपानेको ‘अशून्यम्’ लोकार्पण

उपन्यासमा लेखकले एउटा कल्पनाबाट आफ्नो चेतनशील शरीर कसरी बनेको छ, यो नियममा कसरी अल्झेको छ भन्ने कुरा महुसुस गराउने खोजेका छन् । जन्म, उमेर, मृत्यु र जगत ब्रहाण्डनै अशून्यबाट सुरु भएको र कल्पना युक्त शून्यको अवस्था अशून्यम भएको निष्कर्ष निकाल्दै उपन्यासको नाम ‘अशून्यम’ राखिएको चर्चा गरे ।

दशकौंको व्यक्तिगत अनुभूति र वैदिक दर्शनको अध्ययन र संसारमा प्रतिबिम्बित सिद्धान्तको अनुभूतिबाट पुस्तक सृजना भएको न्यौपानेले बताए । पुस्तकको पहिलो भाग ‘कल्पना–शक्ति सिद्धान्त’ मा कल्पनाको मोडलको र त्यसको सिद्धान्तमा चर्चा गरेका छन भने दोस्रो भागमा ‘जीवन प्रकटीकरण’मा त्यही मोडेल चेतनशील प्राणीको जीवनमा कसरी प्रतिबिम्बित छ भन्नेबारेको व्याख्या रहेको छ ।

प्राध्यापक एवं पूर्व राजदूत जयराज आचार्यले व्यासलाई संसारभरमा चिनाउन लागिरहेका साहित्यकार न्यौपानेको उपन्यास आधुनिक बैज्ञानिकको सृष्टिप्रतिको धारणा रहेको उल्लेख गरे । अर्का साहित्यकार पद्मप्रसाद देवकोटाले अशुन्यम्ले काल्पनिक सत्यतिर जीवनलाई लैजान खोजेको भन्दै दर्शनशास्त्रमा यसले नयाँ हलचल पैदान गर्ने बताए ।

अर्का प्राध्यापक सर्वराज आचार्यले अशुन्यम्मा आध्यात्मिक दर्शनको गहिरो चिन्तन रहेको बताए भने लेखक प्रभा कैनीले कल्पनादेखि कल्पना सम्मका बिषयहरु समेटिएर लेखिएको यो पुस्तकले गहिरो दर्शनको अनूभूति दिलाउने बताइन् ।

प्रकाशित : चैत्र १०, २०८० २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?