कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

महँगा सिक्का

संसारमा कागजी मुद्रा सुरु हुनुअघि सबै देशको मुद्राको सुरुवात सिक्काबाट भएको पाइन्छ।

महँगा सिक्का

सुरुसुरुमा सिक्का नै वस्तु किनबेच र व्यापार व्यवसायको मुख्य माध्यम बन्न पुग्यो। तर सिक्काहरू धेरै गह्रुँगो हुने भएकाले सधंै यसको मात्र प्रयोग गर्न कठिनाइ हँुदै गयो। त्यसपछि सिक्कालाई विस्थापित गर्दै कागजी नोटको प्रचलन हुन थाल्यो। यसरी कागजी नोटले गर्दा पुराना सिक्का हराउँदै गए। हुँदाहुँदा ती सिक्का घरमा वा संग्रहालयमा सजाउने वस्तुको रूपमा सीमित हुन पुगे। बरु यस्ता पुराना सिक्का समय–समयमा लिलामी हुन थाले। विश्वका केही महँगा सिक्का यस्ता छन्। 

एडवर्ड थर्ड, लोरेन क्वाइन : यो सिक्का सन् १३४० डिसेम्बरमा चलनचल्तीमा आएको थियो। यो सिक्का अहिले लोप भइसकेको छ। हाल विश्वमा यी सिक्का केवल ३ वटा मात्र छन्। यी सिक्का २००७ मार्चमा करिब ६.८ मिलियन डलरमा लिलाम भएका थिए। 
लाइंग हेयर सिल्भर क्वाइन : अमेरिकी सरकारले सन् १९७४ मा आधिकारिक रूपमा पहिलोपटक जारी गरेको यो सिक्कामा ९० प्रतिशत चाँदी र १० प्रतिशत पित्तलको सम्मिश्रण छ। एक रिपोर्टअनुसार यो सिक्का विश्वकै दोस्रो महँगो सिक्का हो। अमेरिकाबाट प्रकाशित हुने एक अखबारका अनुसार सन् २०१३ मा एक व्यक्तिले यो सिक्कालाई १ करोड डलरमा खरिद गरेका थिए। 
डलब इगल क्वाइन : अमेरिकाको इतिहासमै सबैभन्दा महँगो दाबी गरिएको यो सिक्का २० डलरको हो। यसको अहिलेको मूल्य करिब ४४ करोड नेपाली रुपैयाँ बराबर रहेको एक अमेरिकी सञ्चारमाध्यमको रिपोर्टमा उल्लेख छ। यो सिक्का अहिले अमेरिकाको नेसनल स्मिथसोनियन क्वाइन कलेक्सन म्युजियममा सुरक्षित राखिएको छ। यी सिक्का २ वटा मात्र छन्।
सेन्ट गार्डस डबल इगल : सेन्ट गार्डस डबल इगल अर्को महँगो सिक्का हो। यो सुनको हो र यसलाई सन् १९०७ देखि १९३३ बीचमा अमेरिकामा जारी गरिएको थियो। २० डलर मूल्यको यो सिक्का डबल इगलको थियो। यो सिक्काको वर्तमान मूल्य ७.६ मिलियन डलर छ। यो सिक्का अमेरिकाको सुन्दर सिक्कामध्येको एक थियो। 
इफ्रेम ब्रेसर : विश्का महँगा सिक्कामध्ये इफ्रेम ब्रेसर पनि एक हो। सन् १७८७ न्युयोर्कका इफ्रेम ब्रेसरले निकालेको यो सिक्का अमेरिकामा चलाउन खोजिए पनि त्यहाँको संसद् अनुमति दिएको थिएन। पछि इफ्रेमले यो सिक्का आफैं बनाएर चलाएका थिए। उक्त सिक्कामा तामा प्रयोग गरिएको छ। २२ क्यारेटको सुनको पनि सम्मिश्रण रहेको यो सिक्का अमेरिकाको वाल स्ट्रिट नामक एक लगानी कम्पनीले करिब ७.४ मिलियन डलरमा किनेको थियो।
 सी वान एम : सन् १८८६ ताका क्यानाडामा निकालिएको यो सिक्काको तौल १०० केजी छ। ९९.९९ प्रतिशत सुनबाट बनेको यो सिक्का क्यानडाको राजपरिवारको एक विशेष समारोहको अवसर पारेर निकालिएको थियो। सन् २००२ को अगस्टमा यो सिक्का ४.१ मिलियन डलरमा लिलामी भएको थियो।
सिल्भर डलर : सन् १८०४ मा अमेरिकी सरकारद्वारा जारी यो सिक्का त्यति बेला एसियाली व्यापारीलाई उपहारको रूपमा दिन प्रयोग गरिएको थियो। यसको तौल करिब ८५ केजी थियो। यो सिक्का हाल विश्वमा करिब ३ वटा मात्र छन्। तिनलाई सन् २००८ मा अमेरिकाका हेरिटेज अक्सनन्स्ले ३.७ मिलियन डलरमा खरिद गरेका थिए। 
लिबर्टी हेड : सन् १९१३ मा अमेरिकामै निकालिएको यो सिक्का पाँच सेन्ट मूल्यको सिक्का हो। करिब ३.७ मिलियन डलर पर्ने यो सिक्कामा निकेल नामकको धातु प्रयोग गरिएको छ। सिक्कामा लेडी लिबर्टीको तस्बिर छ। यो सिक्का हाल अमेरिकाको एक संग्रहालयमा सुरक्षित छ।

- जयकुमार महर्जन

प्रकाशित : पुस १०, २०७३ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?