१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

एलियनको पृथ्वी भ्रमण

पढौं

काठमाडौं — कथामा रुचि हुने नानीबाबुहरूका लागि एलियनको पृथ्वी भ्रमण राम्रो पुस्तक हुन सक्छ । सञ्चारकर्मी तथा साहित्यकार जितेन्द्र रसिकले लेखेको यो संग्रहमा ६ वटा कथा छन् ।

पेन्सिलको अदालत कथामा यसमा चोरी र खराब काम गर्नेले सजाए पाउँछ भन्ने सन्देश दिइएको छ । क्यामेराको झगडा कथामा अग्रजलाई सम्मान गर्नुपर्ने सन्देश दिइएको छ । एलियनको पृथ्वी भ्रमणमा मानिसभन्दा शक्तिशाली जीव अरू ग्रहमा छ कि छैन भन्ने बालबालिकाको उत्सुकतालाई देखाइएको छ । लाकुरी र काजीमा मानिसको प्रकृतिप्रतिको मानिसको जिम्मेवारी देखाइएको छ । काग र कोइलीमा सामाजिक विभेद हटाउनुपर्ने सन्देश दिइएको छ । कथा बालबालिकाका लागि लेखिए पनि ठूलालाई पनि रोचक लाग्ने छन् । बाल मनोविज्ञान अध्ययन गर्न र उसलाई उचित बाटो देखाउने ताकत कथाले राख्छ । सय रुपैयाँ मूल्य रहेको पुस्तकको प्रकाशन स्वदेश प्रकाशनले गरेको हो ।

प्रकाशित : फाल्गुन ३०, २०७२ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?