२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

विकिपिडिया

जानी राखौं

भाइबहिनी हो, तपाईंहरूलाई विकिपिडियाबारे जानकारी छ ? पक्कै पनि इन्टरनेटमा व्यस्त हुने भाइबाहिनीलाई यसबारे जानकारी हुन सक्छ ।

विकिपिडिया

तर इन्टरनेटमा व्यस्त नहुने भाइबहिनीलाई जानकारी नहुन पनि सक्छ । विकिपिडिया बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुला ज्ञानकोश हो । तपाईंहरूलाई हामीले कतिपय जानकारी यही वेबमा रहेको आधारमा दिने गरेका छौं । विकिपिडिया र यसबारे जानकारीसमेत यही वेबबाट तपाईंहरूलाई दिन लागेका हौं ।
यो विषयमा तपाईंहरूले जानिराख्न आवश्यक छ । विकिपिडिया शब्द विकी (धेरै जनाको सहकार्यमा वेबसाइट तयार गर्ने प्रविधि) र इन्साइक्लोपिडिया जोडिएर बनेको हो । विकिपिडियामा स्वयंसेवकहरूबाट लेख तथा जानकारीहरू लेखिन्छन् । यो काम इन्टरनेटमा पहुँच भएका जो–कोहीले पनि संशोधन, परिवर्तन र परिमार्जन गर्न सक्छन् । विकिपिडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा छन् । विकिमिडिया फाउन्डेसन नामक गैरनाफामुखी संस्थाद्वारा सञ्चालित छ । सन् २००१ मा जिम्मी वेल्स र लारी स्यान्गरले यसको सुरुआत गरेका हुन् । हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामग्री मानिन्छ ।
कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोकसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढिरहेको छ । हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ इन्टरनेट साइटमध्ये यो पनि एक हो । विकिपिडियाले अहिलेसम्म आफ्नो पेजमा कुनै पनि विज्ञापन राखेको छैन । नेपालमा पनि विकिपिडियाको स्थापनाकालदेखि नै प्रयोग हँुदै आएको पाइन्छ । सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरु भएको हो । हाल नेपाली भाषामा २७ हजार ५ सय ९६ वटा लेखहरू छन् । यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजारभन्दा बढी छन् । नेपाली विकीमा हालसम्ममा २५ हजार ५ सय ८० प्रयोगकर्ताहरू दर्ता भएका छन् । नेपाली विकिपिडियामा १४ जना प्रबन्धकहरू छन् । हाल ५ जना विदेशमा र ९ जना नेपालमा बसेर नेपाली विकिपिडियाका सामग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेको विकिपिडियाको वेबसाइटमा उल्लेख छ । विकिपिडियामा नेपालीबाहेक नेपालभित्र बोलिने अरू भाषाहरू पनि उपलब्ध छन् । जस्तै नेपालभाषा, भोजपुरी भाषा, पाली भाषा लगायत हुन् । यसबारे अझै बृहत् जानकारी राख्नका लागि इन्टरनेटमा विकिपिडिया टाइप गरि तपार्इंहरूले पनि हेर्न सक्नुहुनेछ ।

प्रकाशित : माघ १०, २०७२ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?