३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५९

नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब  प्रमुख पक्राउ

भूषण यादव

वीरगन्ज — नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रयोगशाला (ल्याब) मा म्याद गुज्रिएको केमिकल प्रयोग भएको पाइएपछि कलेजका एमडी र ल्याब प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ ।

नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब  प्रमुख पक्राउ

वीरगन्ज महानगरपालिका– १५ स्थित शिक्षण अस्पतालमा विशेष सूचनाको आधारमा औषधि विभाग, महानगरपालिका र प्रहरीको टोलीले सोमबार अपराह्न छापा मारेको थियो ।

छापामारीको क्रममा ल्याबबाट म्याद गुज्रिएको केमिलक बरामद भएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज हुसेन र ल्याब प्रमुख सन्जय साहलाई प्रक्राउ गरिएको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।

म्याद नाघेका केमिकलका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको उनले जनाए । प्रहरी स्रोतका अनुसार सन् २०२१ मै म्याद सकिएको केमिकल समेत ल्याबबाट बरामद भएको छ ।



प्रकाशित : चैत्र २६, २०८० १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?