कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

पोखरामा पनि भारतीय फिल्म प्रदर्शनमा रोक

लालप्रसाद शर्मा

पोखरा — पोखरा महानगरपालिकाले भारतीय फिल्म 'आदिपुरुष'मा जानकी भारतकी छोरी हुन् भन्ने संवाद नसच्चिएसम्म सबै भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ । महानगरप्रमुख धनराज आचार्यले सबै फिल्म हलहरुलाई पत्र पठाएपछि हिन्दी सिनेमाको सोमबारदेखि प्रदर्शन रोकिएको छ । 

पोखरामा पनि भारतीय फिल्म प्रदर्शनमा रोक

पोखरामा बिन्ध्यावासिनी, श्रीकृष्ण, सिनेप्लेक्स, मिडटाउन ग्यालेरिया, बाराही क र ख गरी ६ वटा फिल्म हल सञ्चालनमा छन् । अर्को एउटा हल पनि सञ्चालनको तयारीमा छ ।

महानगरले असार १ मा लेखेको पत्र आइतबार अपराह्न ती फिल्म हललाई पठाएको थियो । पत्रमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म महानगरभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ भन्ने उल्लेख छ ।

मिडटाउन ग्यालेरियाका प्रबन्ध निर्देशक उत्तम द्वाले 'आदिपुरुष'को उक्त विवादास्पद भनाइ हटाएरै प्रदर्शन भइरहेको र महानगरको पत्रपछि हिन्दी सिनेमा प्रदर्शन नगरिने बताएका छन् ।


प्रकाशित : असार ४, २०८० १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?