१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

अक्सफोर्ड विश्वविद्यालयमा सूवेदीको नाममा स्थापित विद्यावारिधि शोधग्रन्थ पुरस्कारका विजेता घोषणा

नविन पोखरेल

लण्डन — अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारका विजेता घोषणा गरेको छ।  

अक्सफोर्ड विश्वविद्यालयमा सूवेदीको नाममा स्थापित विद्यावारिधि शोधग्रन्थ पुरस्कारका विजेता घोषणा

घोषणा अनुसार यो वर्षको पुरष्कार डा. जेसन ब्रिकहीललाई ‘दक्षिण अफ्रीकाको न्याय सम्पादनमा रणनीतिक मुद्दाहरूको भूमिका’ भन्ने विषयमा केन्द्रित उनको विद्यावारिधिको शोधग्रन्थका लागि प्रदान गरिएको हो । डा. ब्रिकहीलको उक्त शोधग्रन्थ यो वर्षको अक्सफोर्ड विश्वविद्यालयको कानून संकायको सर्वोत्कृष्ट शोधग्रन्थमा छनौट भएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयवाट विद्यावारिधि गरेका प्राध्यापक सुवेदीलाई उक्त विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो र सन् २०२० मा प्राध्यापक सुवेदीको नाममा उक्त वार्षिक पुरस्कार स्थापना गरेको थियो।

प्राध्यापक सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक र बेलायतका ब्यारिष्टर तथा केसी हुन् । उनले अन्तरराष्ट्रिय कानूनका प्राय: सबै आयाममा १२ वटा विश्वस्तरका ग्रन्थ र ६० भन्दा बढी अनुसन्धात्मक लेख संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरेका छन् ।

प्रकाशित : मंसिर १७, २०८० १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?