कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

लोडसेडिङको समस्या एक महिना पनि रहँदैन : कुलमान घिसिङ

काठमाडौँ — बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समस्या एक महिनाभित्रै अन्त्य हुने बताएका छन् । लोडसेडिङको समस्या समाधान गर्न २ हजारदेखि २२ सय मेगावट सोलार प्लान्ट थप्न लागेको बताउँदै उनले लोडसेडिङले उद्योगलाई हतोत्साहित नहुन आग्रह गरे ।

लोडसेडिङको समस्या एक महिना पनि रहँदैन : कुलमान घिसिङ

‘अहिलेको समस्या भनेको तत्कालको लागि मात्रै हो, यो समस्या एक महिना पनि रहँदैन,’ कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजन गरेको ‘वीरगन्जको वाणी’ को पहिलो सत्र : उद्योग र व्यापार, खोई पूर्वाधार ?’ मा बोल्दै उनले भने, ‘हाम्रो जेनेरेसन बढ्दै छ । अर्को वर्ष करिब ५/६ सय मेगावट थप हुदा ड्राई सिजनका लागि पनि हुन्छ । यही बीचमा सोलार प्लान्ट पनि थप्दैछौँ । १ महिनापछि बढी भएको विद्युत कसरी खपत गर्ने र निर्यात कसरी गर्ने भन्ने अवस्था आउन सक्छ ।’

विडिङ प्रक्रिया मार्फत सोलार प्लान्ट निजी क्षेत्रलाई खुल्ला गरेको उनले बताए । ‘वीरगन्जमा मात्रै २ सय मेगावटको विड गरेका छौ । सबै उद्योगीलाई सहभागी भएर वीरगन्ज क्षेत्रको जेनेरेसन क्षमता बढाउन आग्रह गर्छु,’ उनले भने, ‘यसले दूई काम – भोल्टेज र जेनेरेसन क्षमता पनि बढाउँछ ।’

वीरगन्ज क्षेत्रमा भोल्टेजको समस्या पनि छ । तर, वीरगन्ज क्षेत्रमा आफ्नै जेनेरेसन छैन । त्यसका लागि पनि सोलार प्लान्ट आवश्यक रहेको उनले बताए । ‘सोलार प्लान्ट एक देखि २ वर्षभित्र ल्याउने योजना छ । हाम्रो जेनेरेसनले पनि धान्ने अवस्था छ,’ उनले भने ।

घिसिङका अनुसार भारतमा चुनावका कारण दिउसो मात्रै विद्युत् आयात गरिएको छ । राति आयात नहुदा लोडसेडिङ भइराखेको छ । ‘सुख्खा सिजन हो । भारतबाट राति आयात गर्न नसक्दा राति लोडसेडिङको समस्या भएको छ,’ उनले भने, ‘दिउँसो १२ घण्टा विद्युत् दिएका छौँ । राति १२ बजेपछि विहान ६ बजेसम्म विद्युत् आयात गर्न प्रयास गर्देछौँ, त्यो हुँदा १८ घण्टासम्म दिन सक्छौँ ।’

प्रकाशित : चैत्र २४, २०८० १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?