१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सेयर कारोबार रकम १ अर्ब ६ करोडले घट्यो 

काठमाडौँ — बुधबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ६ करोड घटेको छ । मंगलबार कुल २ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १ अर्ब ७६ करोडमा खुम्चिएको हो । कारोबार रकममा उल्लेख्य कमी आउँदा परिसूचक नेप्से सामान्य बढेको छ ।

सेयर कारोबार रकम १ अर्ब ६ करोडले घट्यो 

अघिल्लो दिनको तुलनामा नेप्से ४.९७ अंक बढेर २११६ अंकमा कायम भएको हो । ११० कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने १३ को स्थिर रहृयो । बैंकिङ ०.६, विकास बैंक ४५, फाइनान्स ९, होटल ५०, जलविद्युत् ३, जीवन बीमा ८८, उत्पादन २८ र निर्जीवन बीमा २० अंक बढे । व्यापार ३, अन्य १ र माइक्रोफाइनान्स उपसमूह १५ अंक घटे । आदर्श लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सिद्धार्थ इन्स्योरेन्सको ८, इस्टर्न र राप्ती हाइड्रोको ६ तथा सयपत्री हाइड्रोको मूल्य ५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नेपाल बैंक, रिडी पावर, एनआईसी एसिया बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र स्टान्डर्ड चार्टड बैंक क्रमशः अगाडि रहे ।

प्रकाशित : माघ १८, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?