कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

भारतको एक्स्पोमा विद्युतीय सवारीमा आकर्षण (तस्बिरहरू) 

काठमाडौँ — भारतको ग्रेटर नोएडामा जारी अटो एक्स्पोमा आकर्षणको केन्द्र विद्युतीय सवारी साधन बनेका छन् । पुस २९ देखि सुरु एक्स्पोमा ७० वटा सवारी साधन उत्पादक कम्पनीहरूको सहभागिता छ । बुधबारसम्म चल्ने एक्स्पोमा विभिन्न ब्रान्डका विद्युतीय सवारी राखिएका छन् ।

भारतको एक्स्पोमा विद्युतीय सवारीमा आकर्षण (तस्बिरहरू) 

एक्स्पोमा टाटा मोटर्स, हुन्डाई, मारूती सुजुकी, किया, एमजी, टोयोटा, लेक्ससलगायत कम्पनीका विद्युतीय कार सार्वजनिक गरिएका छन् । सोलारबाट चल्ने पहिलो विद्युतीय कार पनि एक्स्पोको आकर्षण बनेको थियो । जसको नाम इभा रहेको छ । तीन सिट संख्या रहेको उक्त कार एक पटक चार्ज गरेपछि २५० किलोमिटर गुड्ने उत्पादक कम्पनी भेइभ मोबिलिटीले जनाएको छ ।

इन्डिया एक्स्पो मार्टमा आयोजित मेलामा हरित ऊर्जाबाट चल्ने सवारीलाई एक्स्पोमा प्राथमिकता साथ प्रदर्शनमा राखिएको छ । त्यस्तै एक्स्पोमा एमजी मोटर इन्डियाले एमजी युनिक सेभेन मोडलको फ्युल सेल प्रविधिमा निर्मित आफ्नो कार पनि सार्वजनिक गरेको छ । ५ मिटर लम्बाइ र दुई मिटर चौडाइ रहेको उक्त कार हाइब्रिड मोडलको हो । यसको अर्थ यो कार हाइड्रोजन, अक्सिजन र पानीको मिश्रणबाट उत्पादन हुने ‘फ्युल सेल’ ऊर्जाबाट चल्ने बताइएको छ ।


प्रकाशित : माघ ३, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?