शब्द/तस्बिर : विमल खतिवडा

शब्द/तस्बिर : विमल खतिवडाका लेखहरु :

बस्तीमाथि सडक, सडकमाथि पहिरो [तस्बिरहरु]

कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका केही जिल्लाहरु पहिरोको उच्च जोखिममा छन् । त्यसमा पनि कालीकोट, बाजुरा, बझाङ बढी जोखिममा छन् । यी जिल्लाका केही गाउँपालिका र नगरपालिकाभित्र पर्ने गाउँहरुको दृष्य कहालीलाग्दो छ ।

भारतको एक्स्पोमा विद्युतीय सवारीमा आकर्षण (तस्बिरहरू) 

भारतको ग्रेटर नोएडामा जारी अटो एक्स्पोमा आकर्षणको केन्द्र विद्युतीय सवारी साधन बनेका छन् । पुस २९ देखि सुरु एक्स्पोमा ७० वटा सवारी साधन उत्पादक कम्पनीहरूको सहभागिता छ । बुधबारसम्म चल्ने एक्स्पोमा विभिन्न ब्रान्डका विद्युतीय सवारी राखिएका छन् ।

पहिरोका कारण सिन्धुलीको हैराबर हुँदै यात्रा गर्नेको सास्ती

सिन्धुलीको गोलान्जर गाउँपालिका-६ स्थित हैराबरमा लगातारको वर्षाका कारण पहिरो खस्दा सहज रुपमा यातायात सञ्चालन हुन सकेको छैन । तीन दिनदेखि बन्द उक्त खण्ड बुधबार रातिदेखि एकतर्फी मात्रै खुलेको छ ।अहिले पनि सवारी साधन एक साथ पास हुन नसक्दा ट्राफिक जाम भएको छ ।। दसैंमा घर गएर राजधानी फर्किने यात्रुलाई पहिरो छिचोल्न सकस भएको छ । एकसाथ सवारी साधन वारपार गर्न नसक्दा यात्रु बच्चा र सामान बोकेर पहिरोमा जोखिम मोल्दै वारपार गर्न बाध्य छ्न ।