कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

राष्ट्र बैंकले भन्यो- नेपालमा बसेर विदेशमा घरजग्गा किने कारबाही हुन्छ 

काठमाडौँ — नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराउँदै राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैलई विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेत गराएको हो ।

राष्ट्र बैंकले भन्यो- नेपालमा बसेर विदेशमा घरजग्गा किने कारबाही हुन्छ 

एक सूचना जारी गर्दै राष्ट्र बैंकले भनेको छ ‘विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक) गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ ।’ विदेशी विनिमय ऐन २०१९ मा यससम्बन्धी व्यवस्था छ ।



प्रकाशित : पुस २९, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?