२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विवादित राजनीतिमा पनि साझा नेता

नीलाम्बर आचार्य

विधिशास्त्र, कानुन, संविधान निर्माण र संसद् सञ्चालनमा सुवास नेम्वाङजीको ठूलो योगदान छ । पदले मात्रै होइन, इच्छाशक्तिले संविधान जारी गर्न पनि उहाँको अथक योगदान छ । सुवासजी दुई संविधानसभाको अध्यक्ष हुनुभयो ।

विवादित राजनीतिमा पनि साझा नेता

प्रतिनिधिसभाको सभामुख हुनुभयो । कानुनको प्राध्यापक पनि हो, त्यसैले पनि संविधान र कानुनको सर्वोच्चताको क्षेत्रमा उहाँ जहिल्यै स्मरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँले लोकतन्त्र, संविधान निर्माण, कानुनको शासन, सुशासनका लागि जति योगदान दिनुभयो, त्यसभन्दा अझै माथिल्लो भूमिका निर्वाह गर्न बाँकी थियो । हामीले आशा गरेका थियौं, उहाँ अहिलेको भूमिकाभन्दा अझै माथिल्लो पदमा गएर कुनै समय ठूलो भूमिका निर्वाह गर्नुहुन्छ भन्ने विश्वास थियो ।

उहाँलाई अरू कुनै नेतासँग तुलना गरेर म हेर्न रुचाउन्नँ । संविधान निर्माणका बेलामा पनि म र उहाँका बीचमा सौहार्द वातावरण थियो । मिलेर काम गरेका थियौं । हामीबीच विवाद, अप्ठ्यारो, असहमति, झन्झट केही भएन । केही छलफल भए होलान्, त्यो बेग्लै कुरा हो । तर, संविधान निर्माणका बखतमा छलफल गर्ने, विवादित कुराहरू मिलाउने कुरामा हामीले मिलेरै काम गरेका थियौं ।

सुवासजी अहिलेको विभाजित राजनीतिमा पनि साझा नेता रहनुभएको छ । समन्वय गर्ने, सबै राजनीतिक दललाई मिलाउन सक्ने भूमिकाकै कारण लामो समय सभामुखजस्तो जिम्मेवारीमा रहनु भयो– त्यो पनि सर्वसम्मत रूपमा । काम गर्दा पनि जिम्मेवार बनेर प्रस्तुत हुने, शालीनतापूर्वक कुरा राख्ने गर्नुहुन्थ्यो । अरूले जस्तो पक्षधरता लिएर काम गर्नु हुन्थेन । बोल्दा पनि नम्र हुनुहुन्थ्यो ।

प्रकाशित : भाद्र २७, २०८० ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?