गत साउन १५ गते महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइनको डोरी खुस्काइदिादा दार्चुलाका जयसिंह धामीले नदीमा डुबेर ज्यान गुमाउनुपरेको घटनाले बेला–बेला जाग्ने हाम्रो राष्ट्रवादलाई एक पटक फेरि हुँडलेको थियो । के नेता के जनता, हामी सबै यस घटनाबाट उद्वेलित भयौं र यसले एक पटक कहिले ‘पराधीन नरहेको’ र वीरताको गाथाले रङ्गिएको हाम्रो इतिहासलाई पनि पुनः स्मरण पनि गरायो होला ।
खोपका बारेमा देखिएका आशंकाहरू नवीन तथ्य होइनन् । खोपको इतिहास खोतल्ने हो भने यसको विकासको सुरुवातदेखि नै प्रतिरोध र बहिष्कारका घटनाहरू भएका थिए । उन्नाइसौं शताब्दीको प्रारम्भमा बेलायत र अमेरिकामा बिफरविरुद्धको खोपका प्रतिरोधहरूले आन्दोलनकै रूप लिएका थिए ।
कोरोना महाव्याधिले हायलकायल बनाइरहेका बेला गत नोभेम्बरमा खोपसम्बन्धी केही सकारात्मक समाचारहरू आए । प्रारम्भिक परीक्षणहरूले पछिल्ला तीनवटा खोप (फाइजर–बायोन्टेक, मोडेर्ना र अक्सफोर्ड–अस्ट्राजेनाद्वारा परीक्षण गरिएका) कोभिड–१९ विरुद्ध प्रभावकारी रहेको देखाएका छन् ।
जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा हालै (अगस्ट,२०२०) प्रकाशित एक लेखका अनुसार अमेरिकामा ‘तीव्र चिन्ता’ (एक्युट एन्जाइटी) भन्ने पदावली सर्च इन्जिन गुगलमा इतिहासमै सबैभन्दा बढी गत मार्च–अप्रिल महिनामा खोजिएको थियो ।
केही वर्षयता नेपालमा स्वास्थ्य संस्था र सेवाग्राहीबीचको द्वन्द्व, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका घटनाहरू निकै बढेका छन् । हामीले भौतिक आक्रमण वा तोडफोडलाई मात्र समस्याका रूपमा हेर्दै आएका छौं । तर अभौतिक तहमा दुवै तर्फबाट हुने दुर्व्यवहार र द्वन्द्व झन् गम्भीर छन् ।
केही दिनअघि ‘नेपालविज्ञ’ मानिने भारतीय विद्वान सुकदेव मुनीले आफ्नो ट्विटर ह्यान्डलमार्फत एउटा मत राखे, ‘पश्चिमा संस्कृतिको हात मिलाउने अभिवादन परम्पराको तुलनामा पूर्वीय संस्कृतिको नमस्कारको सांस्कृतिक उच्चता बाहिर ल्याउनु कोभिड–१९ महाव्याधिको सकारात्मक पक्ष हो ।’ उनले अझ अघि बढेर ‘जङ्गली र अजब खाद्य परम्पराभन्दा शाकाहारी खाद्य परम्परा उँचो भएको’ भन्नसमेत भ्याएका छन् ।
हरेक आविष्कारले विकास र विनाशसँगै बोकेर आएको हुन्छ– सर्त हामीले त्यसलाई कति विवेकपूर्ण रूपमा प्रयोग गर्छौं भन्ने हो । समाजशास्त्री अगबर्नका अनुसार कतिपय अवस्थामा हाम्रा विचार र व्यवहारको परिवर्तन प्रविधि वा भौतिक आविष्कारहरूको गतिमा पछाडि पर्छन्, जसलाई बुझाउन उनले ‘कल्चरल ल्याग’ (सांस्कृतिक विलम्ब) भन्ने अवधारणा प्रयोग गरेका थिए ।
अफ्रिकी मुलुक तान्जानियाको एउटा रोचक लोककथाको सार छ— एक पटक वर्षायाममा ठूलो पानी पर्यो र खोलानाला निकै बढे । जताततै पानी–पानी भरियो । बाढी यस्तो आयो कि रूखको टुप्पामा पुग्न सक्ने बाँदर बाहेक सबै डुब्न पुगे । स्थिति साम्य भएपछि बाँदरहरूले तल जमिनमा हेरे र त्यहाँ माछाहरूलाई पानीमा पौडिरहेको देखे ।