राज्यको साधनस्रोतमा हिजो राजपरिवार, तिनका आसेपासे र सीमित नेताहरूले लुट मचाएका थिए । आज सत्तामा जाने पार्टी, तिनका नेता, नेताका परिवारका मानिसले त्यस्तै गरेका छन् ।
मधेशको समाज रूपान्तरणबारे सोच्नुअघि त्यहाँका सम्भ्रान्तहरूको विश्वदृष्टि र मानसिकतामा रूपान्तरण हुनु जरुरी छ ।
समानुपातिक निर्वाचन प्रणाली र आरक्षणमा असंख्य कमजोरीहरू देखिएका छन् तर अहिले चर्चामा रहेजस्तो त्यसलाई अझ खुम्च्याउने वा समाप्त नै गर्ने हो भने अन्ततः यसले राज्य र राजनीतिमा समावेशीकरणको प्रक्रियालाई अवरुद्ध गर्ने हो
कसैले संघीयता खर्चिलो भयो, गरिबी र बेरोजगारी बढायो भन्छ भने उसले बुझ्नुपर्छ संघीयता गरिबी निवारणको प्रोजेक्टका रूपमा आएकै होइन, यो विगतमा भएको विभेदको क्षतिपूर्तिका लागि डिजाइन गरिएको, विभेदमा परेका समुदायको पहिचानको सम्मानका लागि ल्याइएको राजनीतिक उपक्रम हो