भाष्य मानव समाजको इतिहास उसै पनि स्वार्थहरूको गठजोडमा पाइन लगाउने यत्नहरूद्वारा अभिप्रेरित इतिहास हो । आजसम्मको मानव समाजको इतिहासमा मानव जातिले जे–जे क्रियाहरूमा आफूलाई समर्पित गर्यो, ती सबै आफ्नो स्वार्थमा साँध लगाउनका लागि गर्यो । उसै पनि मानिस मौजुद वनस्पति र जीव–जनावरमध्ये सबैभन्दा स्वार्थी जीव हो भन्ने तथ्य कम से कम आधुनिक मानवको सवा तीन लाख वर्षभन्दा लामो पदचापको इतिहासले आलोकित गरेको छ ।
भूपालमान : चौध वर्ष सात महिना२०७१ सालको मध्यमंसिरमा सुनधारा पछाडिको भोटेबहालको एउटा होटलमा भेट्दा बिन्जेल–५, सिन्धुपाल्चोकका भूपालमान दमाई समयको पटरीमा अल्झिएको जिन्दगानीको बाँकी घडी कसरी चलाउने भनेर गहिरो बिलखबन्दको बन्दी बनिबसेका थिए ।
गणतन्त्रको यात्राप्रति जनआन्दोलन उठानका दिनमा समेत खड्गप्रसाद ओलीमा विश्वास थिएन । त्यसताका काजु कमरेडका रूपमा परिचय सघन बनाइरहेका ओली बालकोटको बाल्कोनीमा बसेर काजु मुक्याउँदै फर्माइरहेका थिए– आजको दिनमा गणतन्त्रको कुरा गर्नु भनेको बयलगाडा चढेर अमेरिका जान खोज्नुजस्तै हो ।
हिजो,दुई तल्ले माटे घरट्याङ्कामा केही हजार रकमकेही मुरी धान फल्ने खेत र पाखोबारीगाउँमा त्यत्ति भएको मानिसलाई सामन्त भन्नेहरु को थिए ?सामन्त भन्दै तिनको टाउको गिँड्नेहरु को थिए ?
मेरी हजुरआमा बित्नुभएको थियो, जब हो कि होइन भन्ने स्तरको रमरम सम्झना जम्मा गर्न सक्ने उमेरमा थिएँ म । त्यस्तै झल्कोजस्तो लाग्ने सम्झना छ— हजुरआमाको, हाम्रो भेगका एक जना चर्चित ‘गाइने’ लालबहादुरले घरको आँगनमा बसेर हजुरबाको कर्खा गाएको र हजुरआमा फलैंचामा बसेर हत्केलामाथि चिउँडो राखेर सुकसुकाइरहनुभएको ।