नेपालका सरकारी र केही गैससले गएको भदौ २० मा मानव बेचबिखनविरुद्धको सत्रौं राष्ट्रिय दिवस मनाए । त्यसो त यस्ता दिवस सिंहदरबारका वार्षिक पात्रोमा महिनैपिच्छे हुने गर्छन्, चाहे ती सान्दर्भिक होऊन् या नहोऊन् ।
समाज विज्ञानका अध्येताहरूका अनुसार, उत्तर आधुनिक युग भनेर बुझिएको र बाँचिएको समय हो आजको, जुन सैद्धान्तिक दृष्टिकोणबाट सामाजिक–सांस्कृतिक भ्रम र धार्मिक मिथकसृजित होइन; अनुसन्धानका विविध आयामले निर्माण गरेका ज्ञान अनि विज्ञानले आविष्कार गरेका प्रविधि र सूचनाले सृजना गरेको वातावरणले मानिसलाई आफ्नो कर्तव्यप्रति गम्भीर र अधिकारप्रति सचेत पारेको छ ।
नीरा (परिवर्तित नाम) डेढ दशकअगाडि चितवनबाट कलेज पढ्न काठमाडौं उक्लिन् र एउटा कलेजमा भर्ना पनि भइन् । र उतै चितवनतिरका चिनेका मानिसले खोलेको एउटा गर्ल्स होस्टलमा बस्न थालिन् । नीराले मलाई भनेअनुसार, उनी औसत विद्यार्थी थिइन् र शिक्षा संकायमा भर्ना भइन् किनकि बुबाकै पेसा अँगाल्ने रहर थियो उनी र उनकी आमाको ।
गत जुन ५ मा विश्वले वातावरण दिवस मनायो । नेपालले पनि त्यस सन्दर्भलाई महत्त्व नदिने कुरा रहेन; विभिन्न कार्यक्रम गरी विद्यालय, गैसस, सञ्चार क्षेत्रसहित सरकारी निकायहरूले वातावरण सम्बन्धी चेतनामूलक कार्यक्रम र नीतिगत बहसहरू चलाएका समाचारहरू प्रशस्तै पढ्न पाइए । सार्वजनिक गरिएका र विभिन्न रूपमा मनाइएका ती कार्यक्रमहरू चेतनामूलक हुनु आफैंमा सकारात्मक पक्ष त हुँदै हो तर समयसापेक्ष भए कि भएनन्, यसमा छुट्टै छलफलको आवस्यकता हुन सक्ला । त्यसतर्फ यो आलेख केन्द्रित गर्न खोजिएको होइन ।
नेपाली समाजलाई मानव तस्करीको सञ्जालले कतिसम्म लपेटेको रहेछ भन्ने आभास अहिले सतहमा आएका गिरफ्तारीहरूले गराउँछन् । यद्यपि यो समस्या न नयाँ हो न त अनौठो नै किनकि मानव तस्करी नेपाली राज्य संरचनाले संरक्षण गरेको त्यही राज्यविरुद्धको अपराध हो अनि यो राज्यको हरेक तह र तप्कामा ऐंजेरुजत्तिकै जटिल भएर बसेको इतिहास छ ।
नेपाली समाज, त्यसमा पनि खास गरी काठमाडौं खाल्डो, गत सातादेखि सकम्बरीका चोटिला प्रश्नहरूले रन्थनिएको छ । अनि त्यो रन्थनिएको मनोविज्ञानले एउटा वर्ग र तप्कालाई नराम्ररी डसेको भान हुन्छ, सामाजिक सञ्जालका भित्ताहरू पढ्दा र चियागफहरू सुन्दा । ती प्रश्नहरूमध्ये प्रमुख हुन्— कहाँ लेखेको छ र दाइ इज्जत छोरीमान्छेको मात्रै जान्छ भनेर ? तपाईं (पुरुष) हरूको चाहिँ इज्जत जाँदैन ?...
पृष्ठभूमिम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो वार्षिक प्रतिवेदन नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ प्रकाशन गरेको रहेछ । वार्षिक स्वरूप हुँदाहुँदै पनि यस पटकको प्रतिवेदनले पछिल्ला तीन आर्थिक वर्ष सन् २०१९/२०२०, २०२०/२०२१ र २०२१/२०२२ समेटेको छ ।
न्तरिक र बाह्य आप्रवासी महिलाहरूको समान ज्यालाको सन्दर्भबाट सन् १९०९–१० मा उत्तर अमेरिका र युरोपका समाजवादी महिला तप्काद्वारा सुरु गरिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई पछिल्ला केही दशकयता, खास गरी संयुक्त राष्ट्र्र संघद्वारा प्रायोजित सन् १९७५ को पहिलो विश्व महिला सम्मेलनपछि, राष्ट्र्र संघले श्रमिक महिलाका अधिकारको आन्दोलनभन्दा पनि सामान्य महिला दिवसका रूपमा फेरिदियो ।
मधेश प्रदेशकी सीमा (परिवर्तित नाम) बाह्र वर्षकी हुँदा आफ्नै विद्यालयका गुरुद्वारा सीमापारिको सहरको सर्कसमा बेचिइन् । उनी केही वर्षपछि नेपाल त फर्किइन् तर घरमा पस्न स्वीकृति पाइनन् किनकि उनका बाबुले आफ्नो अनुमतिबेगर घरबाट हिँडेको र परिवारको इज्जत फालेको भन्दै आफ्नो व्यवस्था आफैं गरी बाहिरै बस्नू भने ।
परम्परागत केन्द्रीकृत राजनीतिक प्रणाली र राज्य सञ्चालन पद्धतिलाई प्रतिस्थापन गरी लैंगिक र अन्य पहिचानका आधारमा सीमान्तीकृत पारिएकाहरूलाई निर्णय प्रक्रियाको अर्थपूर्ण साझेदार हुने बाटो प्रशस्त गर्ने मर्म बोकेको संविधान लागू भएपछिको तीनै तहको दोस्रो आम निर्वाचन सकिएको छ । यस पटकको निर्वाचन कतिपय पक्षमा अघिल्लोभन्दा फरक त छँदै थियो, समावेशिताको मर्म बुझ्ने–बुझाउने पक्षमा पनि फरक रह्यो ।