यस पटक निर्वाचित एक संघीय सांसदले महिला सांसद/नेतालाई ‘चेली’ भनिएकामा प्रश्न गर्दै संसद्को पोडियमबाट सोधिन्, ‘महिलालाई चेली भन्ने हो भने के हामी पुरुषलाई चेला भन्छौं ?’ उनले आत्मीयताकै भावमा पनि ‘चेली’ शब्द ग्राह्य छैन भन्ने सन्दर्भमा थपिन्, ‘यदि आत्मीय ठानेर हो भने तेत्तीस प्रतिशत किन, संसद्मा पचासै प्रतिशत महिला ल्याऔं न त !’
नाबालिगसँग जबर्जस्ती करणी गरेको मुद्दामा थुनामा रहेका सन्दीप लामिछानेलाई उच्च अदालत पाटनको आदेशानुसार बीस लाख रुपैयाँ धरौटीमा रिहा गरिएको प्रसंग केही गम्भीर प्रश्न र आशंकाको घेराभित्र देखिएको छ । उच्च अदालतले यसअघि काठमाडौं जिल्ला अदालतबाट भएको थुनछेक आदेशमाथि पुनरवलोकन गर्न परेको निवेदनमा सुनुवाइ गर्दै सन्दीपलाई रिहा गर्नुपर्ने भनी बीस पृष्ठ लामो ‘आदेश’ दिएको हो ।
नेपाली राजनीतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहजै ‘पोट्रेट गर्न’ सकिने पात्र होइनन् । उनी इतिहासका खास प्रकरण र परिघटनाहरूको नेतृत्व गरी विद्रोहको बाटोबाट संसदीय राजनीतिमा संक्रमण गर्दै लगातार हस्तक्षेपकारी बन्न आइपुगेका विषम पात्र हुन् ।
मंसिरको दोस्रो साता उक्लिँदै थियो । भर्खरै सकिएको चुनावको तीव्र तातो बाफ घरको चुलोदेखि सामाजिक सञ्जालको भित्तोसम्म गुम्बजझैं बाक्लिएर उडिरहेका बेला साथीले सुझाएको एउटा नौलो स्वादको किताब पढ्ने हुटहुटीले म नारायणगढस्थित ‘सम्पूर्ण किताब’ को रिसेप्सनसम्म हुर्रिंदै पुगेकी थिएँ । र किताबको औपचारिक विमोचन पनि नहुँदै हात लागेको थियो ‘शून्यको मूल्य’ ।
केही दिनयता चितवनका पर्यावरणकर्मीहरू भरतपुर महानगरतर्फ फर्किएर महानगर स्वयं संलग्न एउटा गम्भीर त्रुटिपूर्ण पर्यावरणीय मुद्दाको जवाफदेही खोजिरहेका छन् । त्यो जवाफदेही औद्योगिक र व्यावसायिक समृद्धिको लक्ष्यसँगै जोडिएर आउने पर्यावरण र मानव संरक्षणमुखी दीर्घकालीन विकासको चिन्ताले प्रेरित छ ।
आजको व्यवस्थाको हजार दोषहरूले भरिए पनि हामीसँग तत्काल यसको विकल्प छैन । देखेभोगेकै कुरा हो, उन्नत लोकतन्त्रको आधारशिला स्थापित गर्दै त्यसको मूल्य र गरिमा कायम राख्न दलहरू असफल भइरहेका छन् । लोकतन्त्र दिन–प्रतिदिन क्षय र विनाश मात्रै भोग्दै छ ।
मिडिया अर्थात् सञ्चारमाध्यम । सूचना र ज्ञानको विस्तार गर्ने साधनका रूपमा झन्डै ६ सय वर्षअघि इटालीको भेनिसमा हस्तलिखित अखबारबाट थालिएको सञ्चारमाध्यमले छापा युग हुँदै आजसम्म ठूलै कायाकल्प गरिसकेको छ ।
नेपाली सिनेमाका चर्चित अभिनेता राजेश हमालले यस पटक फेसबुक पेजमार्फत दसैंका क्रममा खिचिएका पारिवारिक तस्बिरहरू सार्वजनिक गर्दै श्रीमतीले आफ्ना गोडा ढोगेको फोटो पनि राखेका थिए ।
हिजाब मुसलमान समुदायका महिलाहरूले शिरदेखि घाँटीको मुख्य भागसम्म छोपिने गरी लगाउने एक प्रकारको पातलो पछ्यौरी हो । हावापानी र भौगोलिक अवस्थिति अनुसार संसारभरकै महिला–पुरुष कसैले पनि सांस्कृतिक विशेषता अनुकूलका टोपी, फेटा, पछ्यौरी, पगडी वा कुनै पनि शिरपोश लगाउनुलाई अन्यथा मान्नुपर्ने छैन तर तिनै पहिरन जब बाध्यता र जबर्जस्तीका रूपमा लगाउनुपर्ने वा लगाउन नपाइने स्थिति रहन्छ, त्यो दमन र अन्यायका रूपमा बुझिन्छ । अहिले हिजाब एकातिर लगाउन नपाइने/नमिल्ने र अर्कोतिर अनिवार्यतः लगाउनैपर्ने निषेधकारी नियमको अवज्ञा र प्रतिकारको विषय बनेको छ । एसियाका दुई बलिया धार्मिक–सांस्कृतिक सत्ताविरुद्ध हिजाब यतिखेर आन्दोलन र विद्रोहको विम्बका रूपमा व्यक्त भइरहँदा त्यसमाथिका बहसहरू पनि विरोधाभासहरूले जेलिएका देखिन्छन् ।