डिसेम्बर १९६० मा तिनताकका राजा महेन्द्रले राणा शासनकाल समाप्त भएपछि बनेको पहिलो प्रजातान्त्रिक सरकारलाई बरखास्त गरेपछि नेपालमा भारत र चीनको आर्थिक अनुदान र विकास सहयोगले एउटा चाखलाग्दो रूप धारण गर्यो ।
नेपालको संसद्को चुनाव चाखैलाग्दो भयो । कहिल्यै नचिताएको गठबन्धन भयो, त्यही पनि चुनावअघि, अनि फेरि नसोचेकै नतिजा पनि । कसैले अर्काको आङ–पिठ्युँमा चढेरै जिते भने, कसैले एकअर्काको काँध–कुममै खुट्टा–शरीरसम्म राख्दा पनि हारे । विदेशीहरूले घोडादौडमा झैं बुक्की खोज्दै दाउ लगाए ।
हाम्रा म्हेम्हे–बाजेले सुनाउने दन्त्यकथाहरूमध्ये बढी चाखलाग्दो कुरोचाहिँ जंगली कुखुरा लुइँचेका भालेहरूबारे हुन्थ्यो । आआफ्ना पोथीहरूलाई लिएर हिँड्दै गरेका लुइँचेका भालेहरू एकअर्कोलाई देख्नासाथ हुर्रिएर गई झम्टिन्छन् रे अनि ठुँग्दै भुत्ल्याउँछन् रे ! पोथीहरू अवाक् भएर अललिन्छन् रे ! दक्षिण भारतमा प्रचलित कक फाइटको सुरुआत पनि लगभग यसरी नै भएको मानिन्छ ।
हिउँद महिनामा स्कुल–कलेजमा लामो अवधिको बिदा हुँदा विद्यार्थीहरूलाई कसरी थप ज्ञान, बुद्धि, अनुभव, शारीरिक व्यायाम दिने भन्ने विषयमा निकै चर्चा–परिचर्चा गरेरै सिक्किम विश्वविद्यालयमा हामीले सन् २००८ मा ‘हिउँदे यात्रा’ (विन्टर सोजर्न) को कार्यक्रम सुरु गर्यौं ।
चीनमा फेरि अचम्मै भयो । विश्व नै चकित भयो । दस वर्षदेखिका राष्ट्रपति सी चिनफिङ अब लगभग जीवनभरिकै लागि राष्ट्रपति रहने भए । चीन सन् १९४९ मा गणतान्त्रिक राष्ट्र भएपछि केवल माओ त्सेतुङले यस्तो स्थान ओगटेका थिए । दस दिनअघि बेइजिङको तियानमेन स्क्वायरमा अवस्थित ग्रेट हलमा आयोजित कम्युनिस्ट पार्टीको २० औं कंग्रेसमा उपस्थित चीनका विभिन्न क्षेत्रका २ हजार ३ सय प्रतिनिधिले २ सय जना केन्द्रीय समिति सदस्य चुने । यिनीहरूले फेरि २५ जना पोलिटब्युरो सदस्य चुने । यी २५ जनाले अन्त्यमा गएर सातसदस्यीय सर्वोच्च पोलिटब्युरोको स्ट्यान्डिङ कमिटी चुने जहाँ प्रथम नेता फेरि सी चिनफिङ नै हुने भए, सी चिनफिङले फेरि चीनको सबैभन्दा माथिका तीन महत्त्वपूर्ण स्थान ओगट्ने भए ।
आउँदा दुई दशक विश्वले नै नियालेर हेर्ने राष्ट्रहरूमा अस्ट्रेलिया अनि भियतनाम अग्रपंक्तिमा आउँछन् । किन ? चार विशेष कारण छन् । प्रथम, विकासका क्षेत्रमा दुवै निकै माथि पुग्ने आशा छ । भियतनाम, एकपल्ट युद्धले चकनाचुर पारेको राष्ट्र, अर्को जापान–दक्षिण कोरिया बन्ने तरखरमा छ । दोस्रो, सामरिक दृष्टिकोणमा दुइटै राष्ट्रको भूमिका अति नै महत्त्वपूर्ण रहनेछ । भियतनामको दक्षिण चीन सागर र अस्ट्रेलियाको प्रशान्त महासागरसँगको निकटताले ।
कान्तिपुर कन्क्लेभको दोस्रो दिन भदौ २६ को आरम्भ सत्रमा अर्थशास्त्री स्वर्णिम वाग्ले र प्राध्यापक महेन्द्र पी लामाबीच 'भूराजनीति र अर्थ कूटनीति' विषयमा एक घण्टा लामो संवाद भएको थियो । उनीहरुले नेपालको भौगोलिक अवस्थितिका कारण यहाँको राजनीति र अर्थनीतिमा परेका असरहरुका विभिन्न आयाम बारे खुलेर छलफल गरेका थिए ।
भारतीय नेपाली साहित्यको आफ्नै पहिचान छ, भारतमा अनि अन्य राष्ट्रमा । नेपाली साहित्यलाई सशक्त आधार प्रदान गर्नमा प्रबुद्ध साहित्यिक एवं साहित्यिक–सांस्कृतिक संस्थाहरूबाहेक कहिलेकाहीँ आफ्ना अन्तरात्माबाट प्रस्फुटित कुरा–कथाहरू लेख्ने व्यक्ति–समाजसेवक–पत्रकार र अन्य पेसेवरको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहिआएको छ ।
सन् १९७५ मा भारतको एक अभिन्न राज्य बनेपछि सिक्किमले निकै गहकिलै ढंगमा चौतर्फी विकास गरेको छ । सन् २०२०–२१ को वित्तीय वर्षमा ४,२४,००० भारुभन्दा बढी प्रतिव्यक्ति आय आर्जन गरेर सिक्किमले भारतमै प्रथम राज्यको दर्जा प्राप्त गरेको छ ।
दार्जिलिङ र कालिम्पोङ जिल्ला अनि डुवर्स र चोपडा क्षेत्रका विभिन्न भूभाग, जनसमूह, प्राकृतिक संसाधन, संस्था आदिलाई छुट्टै राज्यको रूप दिनुपर्छ भन्ने लगभग एक सय पन्ध्र वर्षदेखिको माग अझैसम्म थाती नै छ ।