शिवजी श्रेष्ठ

शिवजी श्रेष्ठका लेखहरु :

बिदा, बिदा अनि फेरि बिदा

प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक रहेको औंल्याएको केही दिन भित्रै माओवादी नेतृत्वका प्रदेश सरकारहरूले मात्र होइन, संघीय सरकारले पनि ‘जनयुद्ध दिवस’ को दिन फागुन १ मा बिदा दिने घोषणा गरे ।

भीआईपी सवारीको तामझाम र ट्राफिक व्यवस्थापन

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणमा ट्राफिक अस्तव्यस्ततालाई लिएर काठमाडौंका बासिन्दामा व्यापक असन्तुष्टि देखियो । यही ट्राफिक अस्तव्यस्ततालाई लिएर कलाकार निश्चल बस्नेतले चिनियाँ भीआईपी र ट्राफिक प्रहरीसँग गुनासो गर्दै सामाजिक सञ्जालमा लेखे, ‘कसैले ती भीआईपीलाई सुनाइदिनू । तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरूले एम्बुलेन्सभित्र छटपटाइरहेको ज्यानसमेत दाउमा राखेका छन् । जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनु भएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’ 

किन आवश्यक छन् जेलमा पुस्तकालय ?

२८ वर्षअघि प्रहरी अधिकृतको आधारभूत तालिमको क्रममा हामीले केन्द्रीय कारागारमा स्थलगत अवलोकन भ्रमण गरेका थियौं । त्यसबेला जेलरले पर्खालमाथि बनेको प्रहरीको पोस्ट देखाउँदै भन्नुभयो, ‘ऊ त्यो गणेशबुर्जा जुन ठाउँबाट राणा शासनकाल (२००१ साल) मा गणेशमान सिंह पर्खाल नाघेर भाग्नु भएको थियो ।  त्यही ठाउँमा पोष्ट बनाएर उहाँको सम्मानमा गणेशबुर्जा नाम दिइएको हो ।’

कैदी सुधार्न पुस्तकालय

२८ वर्षअगाडि प्रहरी अधिकृतको आधारभूत तालिमको क्रममा हाम्रो सानो टोली केन्द्रीय कारागारको अवलोकनका लागि पुगेको थियो । त्यस बेला जेलरले पर्खालको प्रहरी पोस्ट देखाउँदै भन्नुभएको थियो, ‘ऊ त्यो गणेश बुर्जा, जहाँबाट गणेशमान सिंहले २००१ सालमा पर्खाल नाघेर भाग्नुभएको थियो ।’