कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जता जता पिरतीको बाटो....’ को कभर डान्सलाई एक लाख

काठमाडौं — कार्टुन क्रुलाई फिचरिङ गरिएको गीत ‘जता जता पिरतीको बाटो’ को कभर डान्सलाई एक लाख रुपैयाँ दिइने भएको छ ।

‘जता जता पिरतीको बाटो....’ को कभर डान्सलाई एक लाख

३४ लाख भन्दा बढी भ्यूज् भइसकेको वसन्त सापकोटको संगीत, दिनेश थपलियाको शब्द र सरोज ओलीको स्वरमा रहेको गीतको म्युजिक भिडियोको कभर डान्स प्रतियोगिता समेत राखिएको थियो । 

असोज २० गतेसम्म सो गीतको कभर डान्स गरी युट्युबमा अपलोड गर्नुपर्ने हुन्छ भने त्यसको लिंक शुभ मिडिया होममा पठाउनुपर्ने गायक ओलीले बताए ।

प्रतियोगितामा आएका प्रतिस्पर्धीहरुबाट युट्युबमा धेरै भ्युअर्स र उत्कृष्ट डान्सको आधारमा बिजेता घोषणा गरिने गायक ओलीले बताए । 

प्रकाशित : भाद्र २५, २०७४ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?