२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कर्पोरेट क्रिकेटमा माछापुच्छ्रे र एनसेल क्वाटरफाइनलमा

काठमाडौँ — माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्सले सोमबार सातौं कर्पोरेट सुपर सिक्सेस क्रिकेटमा अपराजित रहँदै क्वाटरफाइनल तय गरेका छन् ।

कर्पोरेट क्रिकेटमा माछापुच्छ्रे र एनसेल क्वाटरफाइनलमा

मूलपानी माथिल्लो क्रिकेट मैदानमा भइरहेको कर्पोरेट सुपर सिक्सेसमा सोमबार क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार क्वाटरफाइनलमा माछापुच्छ्र्रे र सिप्रदी, आईसीएफसीले एनआईसी एसिया, एनसेलले राष्ट्रिय वाणिज्य बैंक र सुबिसुले सूर्य नेपालसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यसअघि समूह ‘ए’ मा माछापुच्छ्रे र ‘सी’ मा एनसेल ३ खेल जित्दै समूह विजेता भएर अन्तिम आठमा पुगेको हो । माछापुच्छ्रले सोमबार क्लाउड फ्याक्ट्रीलाई १ रन र एनआईसी एसिया बैंकलाई १ विकेट हराएको थियो । हारको बाबजुद एनआईसी पनि उपविजेता भएर अगाडि बढेको हो ।

एनआईसीले आइतबार दुई जित निकालेको थियो । खेल ५ ओभरमा भएको थियो । सोमबार १२ खेल भयो । एनसेलले सूर्य नेपाललाई ५ विकेट र नेपाल बैंकलाई २३ रनको हराएर समूह विजेता भयो । समूह ‘सी’ मा तीन खेल समाप्तिमा सूर्य नेपाल, आईएमई ग्रुप र नेपाल बैंकले समान एक जित निकाले । नेट रनरेटका आधारमा सूर्य नेपाल क्वाटरफाइनल पुग्यो । सूर्य नेपालले सोमबार आईएमई ग्रुपमाथि ११ रनको जित पायो । समूह ‘बी’ बाट आईसीएफसी फाइनान्स र सिप्रदी शीर्ष दुईमा रहेर क्वाटरफाइनल पुगे ।

आईसीएफसीले सोमबार जगदम्बा ग्रुपलाई ५ रन र सिप्रदीलाई १२ रन हरायो । समूहमा तीन खेल नै जित्दै आईसीएफसी दोस्रो चरणमा पुग्यो । सिप्रदीले भने जगदम्बा ग्रुपलाई १५ रन र कुमारी बैंकलाई १४ रनले हरायो । सिप्रदीले एक खेलमात्र गुमायो । समूह ‘डी’ मा तीन टोलीमात्र थिए । त्यसमा सुबिसु दुई खेलमा अपराजित अगाडि बढ्यो ।

सुबिसुले राष्ट्रिय वाणिज्य बैंकमाथि ३ विकेटको जित पायो । समूहमा रावा बैंक उपविजेता भयो । उक्त बैंकले सोमबार एनसेल इलाट्समाथि १३ रनको जित पायो ।

सोमबारै समूह ‘बी’ मा जगदम्बा ग्रुपले कुमारी बैंकलाई ४ रन, समूह ‘सी’ मा आईएमईले नेपाल बैंकलाई १८ रन, समूह ‘ए’ मा प्राइम बैंकले क्लाउड फ्याक्ट्रीलाई ३० रनले हराए ।

जित पाएका तीनै टोलीलाई यो जितले दोस्रो चरण पुग्न पर्याप्त भएन । १५ कर्पोरेट हाउसले प्रतिस्पर्धा गरेको यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । विजेताले अर्को सिजन निःशुल्क इन्ट्री पाउने आयोजक एसएस इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले बताए ।

प्रकाशित : वैशाख २४, २०८१ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?