३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

रारामा हुने प्रदेशस्तरीय कबड्‌डीमा १७ टिम दर्ता 

मुगु — पर्यटकीय गन्तव्य रारामा संचालन हुने प्रथम प्रदेशस्तरीय कबड्‌डी खेलका लागि १७ टिम दर्ता भएका छन् । वैशाख २६ देखि २८ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि ७ वटा महिला टिम र १० वटा पुरुष टिम दर्ता भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

रारामा हुने प्रदेशस्तरीय कबड्‌डीमा १७ टिम दर्ता 

कर्णाली प्रदेशको १० वटै जिल्लाबाट पुरुष टिम दर्ता भएको र महिला टिम ७ जिल्लाबाट मात्र दर्ता भएको उनले बताए । तीन दिनसम्म संचालन हुने उक्त खेलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मल्लले बताए ।

एक टिमबाट १० जना गरी १ सय ७० जना कबड्‌डी खेलाडीहरु सहभागी हुने भएका छन् । उक्त खेलका निम्ति २२ जना रेफ्री छनौट गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा भाग लिनको लागि खेलाडी छनौट गर्न रारामा प्रदेशस्तरीय कवड्डी खेलको आयोजना गरिएको अध्यक्ष मल्लले बताए ।


प्रकाशित : वैशाख २४, २०८१ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?