सुर्खेत — डोल्पामा यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १-का १९ वर्षीय देवेन्द्र गुरुङको लेक लागेर मृत्यु भएको हो ।
सेफोक्सुन्डो गाउँपालिका-५ दुलुङमा यार्सागुम्बा खोज्ने क्रममा देवेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले बताए ।