कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

बारामा एसईई अमर्यादित बनाएको आरोपमा २ शिक्षक पक्राउ

लक्ष्मी साह

बारा — माध्यमिक शिक्षा परीक्षा (एसईई) अमर्यादित बनाएको आरोपमा बारामा दुई जना शिक्षक पक्राउ परेका छन् । 

बिहीबारदेखि सञ्चालित पहिलो दिनको अंग्रेजी विषयको एसईईमा दुई परीक्षा केन्द्रबाट उनीहरू प्रहरी नियन्त्रणमा परेका हुन् । देवताल गाउँपालिका ६ बर्वा घर भई कलैया उपमहानगरपालिका २ अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद यादवलाई मोबाइलमार्फत चिट चोराउन सहयोग गरेको आरोप र देवताल गाउँपालिका ३ भटिनिया घर भई बारागढी गाउँपालिका १ स्थित रहेको जनता मावि बुधगाईंमा नक्कली परीक्षा निरीक्षकको रूपमा खटिएका विनोदप्रसाद यादव पक्राउ परेका हुन् ।

चिट दिने कार्यमा सघाउने आरोपमा बुधगाईं मावि परीक्षा केन्द्र र अमर मावि केन्द्रबाट एक/एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार दुवेमाथि परीक्षा अमर्यादित गराउने कार्यमा सहयोग पुर्‍याएको कसुर गरेको आरोपमा आकर्षित हुने कानुनी व्यवस्था भएबमोजिम नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए ।


प्रकाशित : चैत्र १५, २०८० २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?