कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६२

विद्यार्थीलाई पोसाक वितरण 

काभ्रे — जिल्लाको बनेपा नगरपालिका ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । 

विद्यार्थीलाई पोसाक वितरण 

सामाजिक सेवामा सक्रिय संस्था दिलकुमारी केसी मेमोरियल फाउन्डेसनले उक्त विद्यालयमा अध्ययरत जेहन्दार, आर्थिक अवस्था कमजोर भएका ३ सय २० जना विद्यार्थीलाई शनिबार पोसाक वितरण गरेको हो ।

`दिलकुमारी फाउन्डेसनमार्फत हामीले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छौं,´ फाउन्डेसन अमेरिकाका अध्यक्ष नवराज केसीले भने, `सामाजिक सेवाका कामहरूलाई अझै तीव्रता दिनेछौं ।´ अमेरिकामा गैरनाफामुखी संस्थाको रूपमा दर्ता भएको उक्त फाउन्डेसनले विद्यार्थीलाई पोसाक, कम्प्युटरदेखि भौतिक पूर्वाधार निर्माणमा समेत सघाउँदै आएको छ ।

पोसाक वितरण समारोहमा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले आफ्नो नगरभित्रका बालबालिकाहरुलाई लाभ हुने गरी कार्यक्रम संचालन गरेकोमा संस्थालाई धन्यवाद दिए । धुलिखेल नगर प्रमुख अशोक व्यांजूले फाउन्डेसनको कार्यको प्रशंसा गरे भने बनेपा ६ का वडाध्यक्ष सचितानन्द केसीले पनि सहयोगी संस्थाप्रति धन्यवाद दिएका थिए ।

प्रकाशित : वैशाख १५, २०८१ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?