उकेश र टार्जनलाई कांस्य पदक
काठमाडौँ — नेपाली तेक्वान्दो खेलाडीले जापानमा भइरहेको २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा दुई पदक जितेका छन् ।
शनिबार टार्जन मगर र उकेश थापा मगरले पुरुष ३० केजीमुनि तौल समूहमा कांस्य पदक जितेका छन् । टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गरेका थिए ।
२४ देशको सहभागिता रहेको प्रतियोगितामा आइतबार १३ औं साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । नीरज देउवा, चन्द्रबहादुर राना मगर, धनबहादुर तामाङ, सानी रानामगरलगायत खेलाडीको पनि आइतबार प्रतिस्पर्धा छ । प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले आइतबार नेपाली खेलाडीले स्वर्ण जित्ने दाबी गरेका छन् ।
ओसाकामा भइरहेको प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोगमा भएको हो ।
प्रतिक्रिया