२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

उठीबासको पीडा

पाठक पत्र

हावाहुरीको मौसम छ, पानी, चट्याङ परिरहेको छ । आगलागीका घटना अधिक रूपमा बढेका छन् । यी कठिन परिस्थितिमा सरकारबाटै भूमिहीन गरिब बस्ती उठीबास गराइएको छ । हामी लोकतान्त्रिक गणतन्त्रमा छौं । तर राणा शासनकालको नियति भोगिरहेका छौं । बरु चराचुरुङ्गी तथा जंगली जनावरले संरक्षण पाइरहेका छन् ।

उठीबासको पीडा

तर मानवको बासस्थान उजाडिएको छ । हामी मानिसको संरक्षण गर्ने दायित्व कसको हो ? आखिर कहिलेसम्म गरिबहरू यसरी लखेटिनुपर्ने हो ? हिजोका दिनमा आवाजविहीनको आवाज बोल्ने चर्चित व्यक्ति रवि लामिछाने आज सरकारको बागडोर सम्हाल्ने स्थानमा छन् । अहिले राज्यको चाबी उनैको हातमा छ । नागरिकको सुरक्षाको प्रत्याभूति उपलब्ध गराउने जिम्मेवारी गृहमन्त्रीको हो ।

तर आज उनैको निर्देशनमा दिन प्रतिदिन गरिबको झुपडी भत्किँदै छ । आखिर ‘जुन जोगी आए पनि कानै चिरिएका’ हुन् त ? अब जनताले को माथि भरोसा गर्ने ? उठीबासका घटनाबाट बाँके जिल्ला आक्रान्त छ । यस्ता हर्कतले के भूमिहीन सुकुम्बासीलाई न्याय मिल्यो त ? सरकारले बस्तीका प्रत्येक नागरिकको सम्पत्ति छानबिन गरोस् । यदि सम्पन देखियो भने हामी सम्पूर्ण गरिब बरु देश छाड्न तयार छौं ।

इतिहासलाई नबिर्सौं । ठुल्ठूला आन्दोलन र परिवर्तनमा यिनै गरिब मजदुर, श्रमिक किसान, भूमिहीन, सुकुम्बासी नै अघि सरेका थिए । तसर्थ बिनाविकल्प गरिब सुकुम्बासी बस्ती उठीबास गराउने कार्य तत्काल बन्द गरियोस् । र, उच्चस्तरीय दिगो समाधान गर्ने भूमि आयोग गठन गरियोस् ।
– विष्णु रोका, नेपालगन्ज, बाँक

प्रकाशित : वैशाख २८, २०८१ ०५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?