२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

'छिचोलियो सुनकोशी–मरिण डाइभर्सन सुरुङ’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

पाठक पत्र

सुरुङ छिचोलिएर के गर्नु । सुरुङ छिचोलिएको भेरी बबई योजना फिटिक्क अगाडि बढेको छैन । यो पनि कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौंको सडक पखाल्छु भनेर प्राण छाडे जस्तै अब कति दशकमा सकिने होला ? कति पटक चुनावी एजेन्डा बन्ने हो ?
– उत्तमदास श्रेष्ठ

पहिले नै छेडेर फेरि लिपपोत गरेर ब्रेक थ्रु गर्न राखे जस्तो लाग्छ मलाई त ।
– खुमानसिंह थापा

परिवर्तन सम्भव छ । तराईको अन्न उत्पादनमा थप प्रगति होस् । भारतको चामल, गहुँ र तरकारीलाई रोकेर स्वदेशी उत्पादनले धानोस् । थुप्रै यस्ता योजना सफल होऊन् । हरियाली तराई र अन्न भण्डार हाम्रो सपना ।
– इन्द्र लामा

अब ठुल्ठूला पम्पबाट पानी तानी तुरुन्त सुरुङमा हुली मरिण हुँदै वाग्मतीमा पुर्‍याइहाल्नुपर्छ । नभए हेड रेस र तल पावर हाउसको काम नसकुन्जेल यो सुरुङले पनि हावा खाँदै बस्नेछ ।
– उत्तरमान श्रेष्ठ

प्रकाशित : वैशाख २८, २०८१ ०५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?