कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

रौतहटमा गाँजासहित दम्पती पक्राउ

शिव पुरी

रौतहट — रौतहटको कटहरिया नगरपालिकाबाट प्रहरीले शनिबार लागूऔषध गाँजासहित दम्पतीलाई पक्राउ गरेको छ ।

रौतहटमा गाँजासहित दम्पती पक्राउ

करिब साढे १० किलो ५ सय ग्राम गाँजासहित बाराको निजगढ–१ बस्ने ४२ वर्षीय अनन्त बराइली (चालक), उनकी श्रीमती ३५ वर्षीया मञ्जु बराइलीलाई पक्राउ गरिएको हो । अस्थायी प्रहरी पोष्ट छेदीचोकबाट खटिएका टोलीले कटहरिया–२ मा प्र.२–०३–००१ ह–३१५ नम्बरको अटोरिक्सा रोकेर जाँच गर्नेक्रममा चालक बस्ने सिट मुनी रातो रङको प्लास्टिकमा बेरिएको अवस्थामा गाँजा समातिएको जिल्ला प्रहरी रौतहटका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए । ‘गाँजा कहाँबाट ल्याएको र यसको बिक्रेता को हो भन्ने पत्ता लगाउँदैछौं,’ उनले भने, ‘पक्राउ परेका दम्पतीसित सोधपुछ पछि सबै कुरा खुल्नेछ ।’

पूर्व-पश्चिम राजमार्गको धन्सारदेखि कटहरिया आउने भित्री सडक प्रयोग गरी गाजा ओसारपसार हुँदै आएको सूचना पाएपछि प्रहरीले त्यस भेगमा निगरानी बढाएको थियो । मकवानपुरबाट लागूऔषधका कारोबारीहरु सजिलै धन्सार बाटोको प्रयोग गर्दै आएको प्रहरीले थाहा पाएको थियो । सोही कारण गाँजासहित बराइली दम्पतीलाई पक्रन सफल भएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।


प्रकाशित : वैशाख १५, २०८१ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?