२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एसबीआई बैंक सम्मानित 

काठमाडौँ — रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकामा नेपाल एसबीआई बैंक सम्मानित भएको छ ।

एसबीआई बैंक सम्मानित 

नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा नेपाल एसबीआई बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

आर्थिक वर्ष ०७९/८० भित्र बैंक तथा वित्तीय संस्थामध्ये यस बैंकले बढी विप्रेषण भित्र्याएर योगदान गरेकामा सम्मान प्रदान गरिएको बताइएको छ ।

प्रकाशित : वैशाख १९, २०८१ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?