२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा

तटबन्ध निर्माणसम्बन्धी बिल भुक्तानीमा सहजीकरण गर्ने नाममा सेवाग्राहीबाट एक लाख २० हजार रुपैयाँ घुस/रिसवत लिएको पुष्टि भएपछि पालविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार योजनामा पेस्की रकम निकासा, पहिलो रनिङ बिल भुक्तानी तथा योजनाको सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग पालले एक लाख २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकोले बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबीसहित अदालतमा आरोपपत्र दायर गरिएको छ ।

जलाधार व्यवस्थापन अधिकृत पाललाई घुस लिइसकेको अवस्थामा वैशाख ५ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : वैशाख २८, २०८१ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?