२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

लुम्बिनीमा मुख्यमन्त्री महराले मन्त्रालयको संख्या ११ पुर्‍याए

देउखुरी (दाङ) — लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले सरकार जोगाउन मन्त्रालयको संख्या बढाएर ११ पुर्‍याएका छन् । दुई घण्टाअघि एमाले, नागरिक उन्मुक्ति र जसपाबाट ६ जना विनाविभागीय मन्त्री नियुक्त गरेर सरकार विस्तार गरेका थिए । तीन जना विनाविभागीय मन्त्री थिए । यीसहित मन्त्रालयको संख्या १० थियो ।

लुम्बिनीमा मुख्यमन्त्री महराले मन्त्रालयको संख्या ११ पुर्‍याए

दुई घण्टा पछाडि महराले नेकपा एसकी भवगती अधिकारीलाई विनाविभागी मन्त्री बनाएर मन्त्रालयको संख्या ११ पुर्‍याएका छन् ।

मुख्यमन्त्रीमा समर्थन जुटाउँदा महरासहित लुम्बिनीका नेताले गरेको ७ बुँदे लिखित सहमति कार्यान्वयन नगरे मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने चेतावनीपछि महराले मन्त्रालय बढाएका हुन् । अझैपनि दुई मन्त्रालय भनेर लिखित गरेको जसपा र दुई मन्त्रालय मागेको नाउपालाई एक/एक मन्त्रालय मात्रै पाएपछि असन्तुष्टि छन् । ७ बुँदे लिखित सम्झौता अनुसार दुई मन्त्रालय नदिए समर्थन फिर्ता गर्ने मुख्यमन्त्रीलाई दबाब दिएका छ्न् । एमाले/माओवादीका नेताहरू जसपालाई फकाएर एउटैमा मनाउन कसरत गरेका छन् ।

चैत २३ गते नियुक्त भएका विनाविभागीय मन्त्री एमालेबाट अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) का सांसद चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, रोल्पा निर्वाचन क्षेत्र १ (२) का सांसद माओवादीबाट दीपेन्द्रकुमार पुनलाई सरकारको प्रवक्ता सहित स्वास्थ्य मन्त्रालय र जसपाका बाँके निर्वाचन क्षेत्र २ (१) का सांसद भण्डारीलाल अहिरलाई कृषि तथा भूमी व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

अहिलसम्म एमालेबाट ५, माओवादीबाट मुख्यमन्त्री सहित एक, नागरिक उन्मुक्ति, जसपा, नेकपा एस र स्वतन्त्रबाट एक/एक जना मन्त्रीमा नियुक्त भएका छन् । एमालेबाट गुल्मी निर्वाचन क्षेत्र २ (२) का सांसद दिनेश पन्थी, कपिलवस्तु निर्वाचन ३ (१) का सांसद अर्जुन कुमार केसी, रुपन्देही निर्वाचन क्षेत्र ५ (१) का सांसद भूमीश्वर ढकाल र बाँके निर्वाचन क्षेत्र ३ (१) का सांसद रत्नबहादुर खत्री विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् । एमालेको ५ सदस्यीय मन्त्रीको नेतृत्व दल उपनेता आचार्यले गरेका छन् ।

त्यस्तै नागकि उन्मुक्ति पार्टीबाट दल नेता बर्दिया निर्वाचन क्षेत्र २ (२) सांसद धर्मबहादुर चौधरी र नेकपा एसकी रुपन्देहीकी भगवती अधिकारी र नवलपरासीका निर्वाचन क्षेत्र २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेत पनि विनाविभागीय मन्त्री बनेका छन् ।

मुख्यमन्त्रीमा बहुमत जुटाउँदा महराले जसपालाई कृषि तथा भूमी व्यवस्था र पर्यटन र सहरीलाई जोडेर पर्यटन तथा सहरी विकास मन्त्रालय, नेकपा एसकी भगवती अधिकारी र स्वतन्त्र सांसद खड्क बस्नेलाई सरकारमा समेट्ने भन्दै ७ बुँदे लिखित सहमती गरेका थिए । त्यतिबेला नै एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित ३ मन्त्रालय बाँडफाँड गरेका थिए । मन्त्रालय बाँडफाँडपछि महरालाई समर्थन गरेको नाउपाले दुई मन्त्रालय मागेको थियो । मुख्यमन्त्री महराले १० सदस्यीय मन्त्रीमण्डल विस्तार गर्दा लिखित सहमती पालना नगरेको भन्दै एउटा मन्त्रालय पाएको जसपा, दुई मन्त्रालय मागेर एउटा पाएको नाउपा र सरकारमा नसमेटिएको नेकपा एसले बैठक बसेर समर्थन फिर्ता गर्ने धम्की दिएपछि महराले एसकी अधिकारीलाई पछिल्लो पटक मन्त्रीमा समेट्न बाध्य भए ।

७ बुँदे सम्झौता अनुसार माओवादीले दुई मन्त्रालय पाउने सहमति थियो । त्यसमा दीपेन्द्र पुन मन्त्री भैसकेका थिए । बाँकेकी कृष्णा केसीलाई मन्त्री बनाउन माओवादी संसदीय दलले निर्णय गरेको थियो । तर, केसीलाई मन्त्री बनाइएको छैन । उनलाई मन्त्री बनाएको भए मन्त्रालयको संख्या १२ पुग्थ्यो । सम्झौताअनुसार मन्त्री बनाएमा मन्त्रालयको संख्या १४ पुग्छ । मुख्यमन्त्री महरा मन्त्रालय बढाउने तयारी गरेपनि एमालेले विरोध गरेपछि अहिलेसम्म ११ वटा पुगेको हो ।

प्रकाशित : वैशाख ६, २०८१ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?