२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एटिएसका टाइल बजारमा

काठमाडौँ — करिब डेढ अर्ब लगानीमा स्थापना भएको पशुपति सेरामिक्स प्रालीले एटिएस टाइल्स्‌को बिक्री खुला गरेको छ । सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रले टाइलका विभिन्न उत्पादनहरु बजारमा ल्याएको हो ।

एटिएसका टाइल बजारमा

नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापित यस कम्पनीले भुइँ, पार्किङ, सेमी–भिट्रिफाइड टाइल बजारमा ल्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीले यी सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६० हजार वर्ग मिटर क्षेत्रफलमा इटालीयन प्रविधिमा आधारित कारखनाको स्थापना गरेको छ ।

‘अन्तर्राष्ट्रियरुपमा स्थापित एटिएस ब्राण्डको टाइललाई नेपालमै पहिलो बहुर्राष्ट्रिय जोइन्ट भेन्चरको रुपमा उत्पादन गरी बिक्री वितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित भएका छौं,’ कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयारले भने, ‘यस कदमले नेपाली उपभोक्तालाई आफनै देशमा उत्पादित अन्तर्राष्ट्रिय ब्राण्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज हुने छ ।’

उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरे ।

प्रकाशित : वैशाख २८, २०८१ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?