कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सन् १९७० आजकै दिन फ्रांकलिनको मृत्यु 

काठमाडौँ — सन् १९७० मा आजकै दिन (अप्रिल १७) मा अमेरिकी राष्ट्रपिता बेन्जामिन फ्रांकलिनको मृत्यु भएको थियो । उनको ८४ वर्षको उमेरमा फिलाडेल्फियास्थित घरमा मृत्यु भएको थियो ।

सन् १९७० आजकै दिन फ्रांकलिनको मृत्यु 

वैज्ञानिक, लेखक, कूटनीतिज्ञ तथा दार्शनिकका रूपमा परिचित फ्रांकलिन अमेरिकाका सात राष्ट्रपितामध्ये एक हुन् । उनीबाहेक जर्ज वासिङ्टन, थोमस जेफर्सन, जोन एडम्स, अलेक्जेन्डर हामिल्टन, जोन जे र जेम्स मेडिसन अमेरिकाका राष्ट्रपिता हुन् ।

१७०६ जनवरी १७ मा अमेरिकाको मासाचुसेट्समा जन्मिएका फ्रांकलिन बेलायती उपनिवेश अन्त्यका लागि भएका प्रमुख चारवटै सम्झौतामा हस्ताक्षर गर्ने एक मात्र अमेरिकी राष्ट्रपिता हुन् । ती सम्झौता स्वतन्त्रताको घोषणापत्र (१७७६), फ्रान्ससँगको सन्धि (१७७८), पेरिस सम्झौता (१७८३) र अमेरिकी संविधान (१७८७) हुन् । फ्रांकलिनले लाइटनिङ रड, बाइफोक लेन्स, फ्रांकलिन स्टोभलगायतका विभिन्न आविष्कारहरू गरेका हुन् ।

प्रकाशित : वैशाख ५, २०८१ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?