कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन् १९६८ मा आजकै दिन : पहिलो अन्तरिक्ष यात्रीको मृत्यु

काठमाडौँ — सन् १९६८ मा आजकै दिन (मार्च २७) मा युरी गागरिनको मृत्यु भएको थियो । उनी विश्वकै पहिलो अन्तरिक्ष यात्री हुन् । १९३४ मार्च ९ मा रुस (तत्कालीन सोभियत संघ) को गजहत्स्कमा जन्मिएका गागरिनले १९५१ मा विद्यालय शिक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि उनले अध्ययनका लागि साराटोभ कलेज भर्ना भएका गागरिनले सँगसँगै उडानसम्बन्धी प्रशिक्षण गरेका थिए ।

सन् १९६८ मा आजकै दिन : पहिलो अन्तरिक्ष यात्रीको मृत्यु

त्यसलगत्तै ओरनबर्गस्थित सोभियत हवाई फौजको क्याडेट स्कुल भर्ना भएका गागरिन १९५७ मा उत्तीर्ण भएका थिए ।

१९६१ अप्रिल १२ मा मस्कोबाट प्रक्षेपण गरिएको गागरिनको ‘भोस्तोक–१’ यान १०८ मिनेटमा ३०१ किमिको उचाइमा पुगेको थियो । यानले २७ हजार ४ सय किमिको गतिमा पृथ्वीलाई परिक्रमा गर्न सफल भएको थियो । त्यसलगत्तै गागरिनले विश्वव्यापी चर्चा बटुलेका थिए । जसका कारण उनलाई ‘अर्डर अफ लेनिन’ अवार्ड र सोभियत संघको नायकको संज्ञा दिइएको थियो । उनको मृत्युपछि उनी जन्मिएको सहरको नाम गागरिन राखिएको हो ।

प्रकाशित : चैत्र १४, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?