कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सन् २००६ मा आजकै दिन : डोर्सीको पहिलो ट्वीट

काठमाडौँ — सन् २००६ मा आजकै दिन (मार्च २१) मा ज्याक डोर्सीले सामाजिक सञ्जाल ट्वीटरमा पहिलो ट्वीट गरेका थिए । सहसंस्थापक डोर्सीले ट्वीटरमा ‘जस्ट सेटिङ अप माई ट्वीटर’ लेखेर पोस्ट गरेका थिए । 

सन् २००६ मा आजकै दिन : डोर्सीको पहिलो ट्वीट

डर्सीसहित नोआ ग्लास, बिज स्टोन र इभान विलियम्सले २००६ मार्चमा सामाजिक सञ्जाल

ट्वीटरको स्थापना गरेका थिए । यो २००६ को जुलाईदेखि प्रयोगकर्ताका लागि खुला गरिएको थियो । २०१२ सम्ममा ट्वीटर प्रयोग गर्नेको संख्या १० करोड नाघिसकेको थियो ।

२०२२ अप्रिलमा स्पेस एक्स तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले ट्वीटर खरिदका लागि प्रक्रिया अघि बढाएका थिए । सोही वर्षको अक्टोबरमा उनले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका हुन् । त्यसपछि मस्कले ट्वीटरको नाम परिवर्तन गरेर ‘एक्स’ राखेका हुन् ।

एक्सका हाल ५५ करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् । यसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा रहेको छ ।

प्रकाशित : चैत्र ८, २०८० ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?