कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

सन् १९५९ मा आजकै दिन : क्यास्ट्रो क्युबाका प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९५९ मा आजकै दिन (फेब्रुअरी १६) मा फिडेल क्यास्ट्रो क्युबाको प्रधानमन्त्री भएका थिए । सैनिक तानाशाह जर्नेल फुल्गेन्सियो बाटिस्टालाई पराजित गर्दै क्यास्ट्रोले देशमा कम्युनिस्ट शासन स्थापित गरेका थिए ।

सन् १९५९ मा आजकै दिन : क्यास्ट्रो क्युबाका प्रधानमन्त्री

१९२६ को अगस्ट १३ मा जन्मिएका क्यास्ट्रो हवाना विश्वविद्यालयमा अध्ययन गर्दाताका नै राजनीतिक रूपमा निकै सक्रिय थिए । उनले १९५३ मा बाटिस्टा नेतृत्वको सरकार ढाल्ने प्रयास गरेका थिए । तर त्यतिबेला असफल भएका क्यास्ट्रो केही सयम जेल परेका थिए ।

जेलबाट रिहा भएलगत्तै उनले राहुल क्यास्ट्रो र चे ग्वेभारासँग मिलेर गरेको क्रान्ति सफल भएको हो । क्रान्ति सफल भएसँगै चिढिएको अमेरिकाले १९६१ मा क्यास्ट्रोलाई अपदस्थ गर्ने प्रयाससमेत गरेको थियो ।

क्यास्ट्रो १९५९ देखि १९७६ डिसेम्बर २ सम्म क्युबाका प्रधानमन्त्री थिए । त्यसयता उनी २००८ फेब्रुअरी २४ सम्म क्युबाको राष्ट्रपति बने । क्यास्ट्रोको २०१६ नोभेम्बर २५ मा ९० वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित : फाल्गुन ४, २०८० ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?