कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

सन् १९५२ मा आजकै दिन : बेलायती महारानीमा एलिजाबेथ द्वितीय 

काठमाडौँ — सन् १९५२ मा आजकै दिन (फेब्रुअरी ६) मा एलिजाबेथ द्वितीय बेलायतको महारानी बनेकी थिइन् । उनले २६ वर्षको उमेरमा सिंहासन सम्हालेकी थिइन् । 

सन् १९५२ मा आजकै दिन : बेलायती महारानीमा एलिजाबेथ द्वितीय 

एलिजाबेथ तत्कालीन बेलायती राजा जर्ज छैटौंको निधन भएपछि महारानी भएकी थिइन् । उनी बेलायतको इतिहासमै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहने राष्ट्राध्यक्ष हुन् । उनी बेलायतलगायत १४ वटा मुलुकको राष्ट्रप्रमुख थिइन् । एक सय २० देशको भ्रमण गरेकी एलिजाबेथ संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्ति मानिन्छिन् ।

‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रूपमा चिनिने एलिजाबेथले बेलायतमा सात दशक शासन गरिन् । उनको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री भएका थिए । एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा रहे पनि राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्यागेका कारण उनी दरबारको उत्तराधिकारी बनेकी थिइन् ।

१९२६ को अप्रिल २१ मा जन्मिएकी एलिजाबेथको २०२२ को सेप्टेम्बर ८ मा मृत्यु भएको थियो । एलिजाबेथको मृत्युपछि उनका जेठा छोरा चार्ल्स तृतीयले बेलायतको राजगद्दी सम्हालेका छन् ।

प्रकाशित : माघ २३, २०८० ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?