कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

इन्डोनेसियामा १९२ मेगावाट क्षामताको सौर्य प्लान्ट स्थापना

सिन्ह्वा

काठमाडौँ — इन्डोनेसियामा २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिणपूर्व एसियाकै सबैभन्दा ठूलो सौर्य प्लान्ट स्थापना भएको छ ।

इन्डोनेसियामा १९२ मेगावाट क्षामताको सौर्य प्लान्ट स्थापना

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पश्चिम जाभा प्रान्तको सिराटा जलाशयभन्दा माथि २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिणपूर्व एसियाकै सबैभन्दा ठूलो तैरिरहेको सौर्य प्लान्टको उद्घाटन गरेका हुन् ।

चीनको पावर चाइना हुआडोङ इन्जिनियरिङ कर्पोरेसन लिमिटेडद्वारा निर्माण गरिएको यो पावर प्लान्ट इन्डोनेसियाको राज्य विद्युत् निगम पीएलएन र संयुक्त अरब इमिरेट्सको ऊर्जा कम्पनी मस्दारबीच १४ करोड ५० लाख अमेरिकी डलरको लगानीमा निर्माण गरिएको हो । ३ लाख ४० हजारभन्दा बढी सौर्य प्यानलहरू भएको जलाशयको सतहमा फैलिएको १९२ मेगावाट–पिक क्षमताको पावर प्लान्टले वार्षिक ३ सय मिलियन किलोवाट–घण्टा ऊर्जा उत्पादन गर्नसक्छ ।

विडोडोले कार्बन उत्सर्जन घटाउने र सन् २०६० सम्ममा शुद्ध शून्य उत्सर्जन गर्ने लक्ष्यलाई पछ्याउन देशको प्रयासलाई समर्थन गर्न नवीकरणीय ऊर्जा क्षमता प्रयोग गर्न प्रोत्साहन पनि गरे ।र

प्रकाशित : कार्तिक २५, २०८० ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?