१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

अन्तर्राष्ट्रिय अदालतमा ५ जना न्यायाधीश निर्वाचित

सिन्ह्वा

काठमाडौँ — अन्तर्राष्ट्रिय अदालतको न्यायाधीशमा पाँच न्यायकर्ता निर्वाचित भएका छन् । सुरक्षा परिषद् र महासभाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) को न्यायाधीशका रूपमा पाँच जना न्यायधीशलाई निर्वाचित न्यायाधीशहरूको स्थानमा चयन गरेको हो ।

अन्तर्राष्ट्रिय अदालतमा ५ जना न्यायाधीश निर्वाचित

सुरक्षा परिषद् र महासभाले उम्मेद्वारहरूमा सहमति जनाएपछि प्रतिष्ठित न्यायविद् बोगदान–लुसियन ओरेस्कु-रोमानिया, हिलारी चार्ल्सवर्थ -अस्ट्रेलिया, सारा हल क्लेभल्यान्ड-अमेरिका, जुआन म्यानुअल गोमेज रोब्लेडो भेर्डुज्को-मेक्सिको, र डायर त्लादी-दक्षिण अफ्रिकाका न्यायाधीश निर्वाचित भएका हुन् ।

पाँचमध्ये अस्ट्रेलिया चार्ल्सवर्थ पुनः निर्वाचित भएकी हुन् । रसियाका किरिल गेभोर्जियनले पनि पुनः निर्वाचित हुने आश गरेपनि असफल भए । यस वर्ष पाँच पदका लागि नौ जनाको उम्मेदवारी परेको थियो । रुसका गेभोर्जियन बाहेक जाम्बियाका चालोका बियानी, इजिप्टका अहमद अमीन फथाल्ला र प्रजातान्त्रिक गणतन्त्र कंगोका एन्टोइन केसिया–म्बे मिन्डुआ – तीन अन्य दाबेदारहरू पर्याप्त मत प्राप्त गर्न असफल भए ।

संयुक्त राष्ट्र संघको प्रमुख न्यायिक अंग अन्तर्राष्ट्रिय न्यायालयको विधानअन्तर्गत, आईसीजे न्यायाधीशहरूको चयन सुरक्षा परिषद् र महासभामा गोप्य मतदानबाट हुन्छ । निर्वाचित हुनका लागि उम्मेदवारले दुवै सदनमा पूर्ण बहुमत प्राप्त गर्नुपर्छ । दुई सदनमा मतदान एकैसाथ तर छुट्टाछुट्टै हुनुपर्छ। यस वर्ष महासभाले पहिलो चरणको मतदानमा निर्णायक परिणाम प्राप्त गरेको छ । तर सुरक्षा परिषद्ले निर्णायक परिणाम प्राप्त गर्न पाँचौं प्रयास गर्नुपरेको थियो ।

प्रकाशित : कार्तिक २५, २०८० ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?