कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

द्वन्द्वपछिको गाजा स्वतन्त्र प्यालेस्टाइन राज्यको हिस्सा हुनुपर्छ : एर्दोआन 

कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायल–हमास द्वन्द्व समाप्त भएपछि गाजा एक स्वतन्त्र, सार्वभौम प्यालेस्टाइन राज्यको हिस्सा हुनुपर्ने टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले बताएका छन् । उनले आफूहरूले गाजा एक शान्तिपूर्ण क्षेत्रको रूपमा हेर्न चाहेको बताए ।

द्वन्द्वपछिको गाजा स्वतन्त्र प्यालेस्टाइन राज्यको हिस्सा हुनुपर्छ : एर्दोआन 

उनले गाजा प्यालेस्टाइन राज्यको हिस्सा भएको समेत बताए । उनले गाजापट्टीमा इजरायलको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई कुनै पनि हिसाबले टर्कीको समकक्षीका रूपमा लिन नसकिने बताए ।

अन्तर्राष्ट्रिय कूटनीतिमा पूर्ण रूपमा सम्बन्ध तोड्ने कुनै काम नहुने पनि राष्ट्रपति एर्दोआनको भनाइ छ । उनले टर्कीको मुख्य लक्ष्य इजरायल–प्यालेस्टाइन मुद्दामा अन्तिम शान्ति स्थापना गर्नु रहेको कुरामा जोड दिँदै आफ्नो देशले यस सम्बन्धमा प्रयास जारी राखेको र जारी राख्ने बताए ।

प्रकाशित : कार्तिक २०, २०८० १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?