१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

अमेरिकालाई सिरिया–इराकको चेतावनी : हाम्रो सीमानामा सैन्य बल खडा नगर्नू

सिन्ह्वा

काठमाडौँ — सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । 

अमेरिकालाई सिरिया–इराकको चेतावनी : हाम्रो सीमानामा सैन्य बल खडा नगर्नू

बुधबार बसेको संयुक्त बैठकले आफूहरुको सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् ।

सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरुले उत्तरपूर्वी सिरयाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र सम्बद्ध विद्रोही समूहहरू अमेरिकाले जम्मा गरेकोप्रति चिन्ता व्यक्त गरे ।

त्यस्तै इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकाले यो क्षेत्रमा हानी नोक्शान नपुर्‍याउन आग्रह गरे । उनले अमेरिकी सेनालाई सो क्षेत्रबाट फर्किन चेतावनी दिए । अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानुनअनुरुपको नभएको बताए ।

सिरियाली विपक्षी कार्यकर्ताहरुले हालैमात्र दिएको रिपोर्टमा संयुक्त राज्य अमेरिका सिरिया–इराक सीमा क्षेत्रमा इरानी प्रभाव रोक्नका लागि नयाँ योजना बनाएर अघि बढेको बताइएको छ ।

प्रकाशित : भाद्र १४, २०८० १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?