कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

परमाणु केन्द्रको पानी समुद्रमा फालेको भन्दै जापानविरुद्ध फिजीमा प्रदर्शन

सिन्ह्वा

काठमाडौँ — जापानले फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी प्रशान्त महासागरमा फालेको भन्दै फिजीका नागरिकहरूले विरोध जनाएका छन् ।

परमाणु केन्द्रको पानी समुद्रमा फालेको भन्दै जापानविरुद्ध फिजीमा प्रदर्शन

शुक्रबार उनीहरुले सडकमा नारा लगाउँदै विरोध जुलुस निकालेका हुन् । फिजी गैर सरकारी संगठन कोलिसन अन ह्युमन राइट्सको नेतृत्वमा प्रदर्शनकारीहरूले समुन्द्र र भावी पुस्ताको रक्षा गर्न टोकियोको कदम रोक्न अन्तर्राष्ट्रिय स्तले कारबाही गर्नुपर्ने बताए । उनीहरूले यो मानिसहरूको लागि अपमान भएको बताए । प्रशान्त महासगरसँग जोडिने देशहरू साना भए पनि सबै देशका मानिस समान हुने र जापानको यो कदम डरलाग्दो रहेको उनीहरूको भनाइ छ ।

त्यस्तै 'भविष्यका पुस्ताका लागि गठबन्धन'का सहसंस्थापक लभेतानालागी सेरुले प्रशान्त क्षेत्रमा आणविक परीक्षणको इतिहास रहेको र मार्शल टापुका मानिसहरू अझै पनि आणविक प्रदूषणसँग जुधिरहेको बताए ।

मार्शल टापुले सन् १९४६ देखि १९५८ सम्म संयुक्त राज्य अमेरिकाद्वारा सञ्चालित ६७ आणविक बम परीक्षणको प्रभाव झेलिरहेको उनको भनाइ छ । जापानले गत बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको थियो ।

प्रकाशित : भाद्र ९, २०८० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?