कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

श्रीलंकाका पूर्वप्रधानमन्त्री राजपाक्षको यात्रा प्रतिबन्ध हट्यो

रासस, एएनआई 

कोलम्बो — श्रीलंकाको एक अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ ।

श्रीलंकाका पूर्वप्रधानमन्त्री राजपाक्षको यात्रा प्रतिबन्ध हट्यो

लंकन समाचार संस्था न्युज फर्स्टका अनुसार पूर्वप्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्व प्रान्तीय परिषद् सदस्य कञ्चना जयरत्नेविरुद्धको यात्रा प्रतिबन्ध फोर्ट मजिस्ट्रेट अदालतले बुधबार हटाएको हो ।

गत वर्षको मे ९ मा कोलम्बोमा सरकारविरुद्ध भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा घातक हमला गराएको अभियोगको अनुसन्धानलाई दृष्टिगत गरी राजपाक्षसहित अन्य व्यक्तिमाथि विदेशयात्राको प्रतिबन्ध लगाइएको थियो । अदालतको आदेश अध्यागमन अधिकारीसमक्ष पुर्‍याउने निर्देशन पनि न्यायालयले गरेको छ ।

सांसद मिलन जयथिलाकेसहित अन्य दुई जनामाथिको यात्रा प्रतिबन्धलाई भने अदालतले निरन्तरता दिएको छ । उक्त मुद्दाको सुनुवाइ भने पर सारिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८० ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?