कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

इरान र रुसबीच रेलमार्ग निर्माणको सम्झौता

सिन्ह्वा

तेहरान — रुस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्न इरानभित्र रेलमार्ग निर्माण गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् । उत्तरी इरानी सहर राष्ट्र र अस्ताराबीच १६२ किलोमिटर लामो रेलमार्ग अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात मार्गको एक भागका रूपमा निर्माण गरिने इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ ।

इरान र रुसबीच रेलमार्ग निर्माणको सम्झौता

इरानका राष्ट्रपति इब्राहिम राइसी र उनका रुसी समकक्षी भ्लादिमिर पुटिन भिडियो कन्फरेन्समार्फत सम्झौता हस्ताक्षर समारोहमा सहभागी भएका थिए । सम्झौताअनुसार रूसले रणनीतिक रेलमार्ग निर्माणमा १ अर्ब ६० करोड युरो (१ अर्ब ७३ करोड अमेरिकी डलर) लगानी गर्नेछ, जुन चार वर्ष (४८ महिना) मा पूरा हुने अपेक्षा गरिएको छ । समारोहका क्रममा राइसीले इरानले युरेसियन इकोनोमिक युनियन (ईएईयू) का सदस्य राष्ट्रहरूसँग सहयोग विस्तार गर्ने योजना बनाएको बताए । उनले द्विपक्षीय व्यापार शुल्क अन्त्य इरान, रुस र ईएईयू सदस्यबीच सहयोग बढाउने दिशामा ठूलो कदम हुन सक्ने उल्लेख गरे ।

प्रकाशित : जेष्ठ ४, २०८० ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?