कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुखर्जीद्वारा ३० अपराधीको माफी अस्वीकार

सिन्हवा

नयाँदिल्ली — भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो पाँचवर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० अपराधीलाई माफी दिन अस्विकार गरेका छन् । उनको कार्यकाल आउँदो महिना सकिँदै छ ।

मुखर्जीद्वारा ३० अपराधीको माफी अस्वीकार

पछिल्लो पटक मे महिनाको अन्तिम साता मुखर्जीले दुई जनालाई माफी दिन अस्विकार गरेका थिए । उनले माफी दिन अस्विकार गरेकामध्ये एकजना चार वर्षीया बालिकालाई बलात्कार घटनाका अभियुक्त पनि थिए । इन्डोरको मध्य सहरमा भएको उक्त घटनामा उनीसँगै अरू तीन जना पनि संलग्न थिए । 

त्यसैगरी, माफी नपाउने अर्का व्यक्ति भने सन् २००७ मा पश्चिमी सहर पुनेमा मानव हत्यामा संलग्न व्यक्ति हुन् । यी दुई घटनामध्ये पहिलो घटनामा संलग्न तीन जना र दोस्रो घटनामा संलग्न दुई जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको छ । राष्ट्रपतिले उनीहरुको आममाफीको अपिल नसुनेपछि अब उनीहरुलाई झुन्डयाएर फाँसीको सजाय दिइनेछ । 

राष्ट्रपति मुखर्जीले मुम्बईमा सन् २००८ मा भएको नरसंहारमा संलग्न अजमाल अमीर कसाबको आममाफीको अपिल पनि अस्विकार गरेका थिए । उनका पूर्ववर्ती प्रतिभा पाटिलले दोषी ठहर भएका ३४ जनालाई माफी दिएकी थिइन् । 

प्रकाशित : असार ३, २०७४ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?