२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९
एआई

एआईको प्रगतिले चामत्कारिक व्यापारिक उछाल पाएको एनभिडिया

जेष्ठ १३, २०८०

सन् २०१६ मा ७० बिलियन अमेरिकी डलरको आसपास रहेको भिडियो गेम कम्प्युटरको चिप निर्माता कम्पनी एनभिडियाको कुल बजार मूल्य २०२३ मा आइपुग्दा आकासिएर १ ट्रिलियन डलर आसपास पुगेको छ । गएका केही वर्ष सि...

कोभिड-१९ लगायत रोगको निदानमा एआई प्रविधि प्रयोगको पहल

प्राध्यापक युदङ झाङ र डा. शुहिआ वाङले सिटी स्क्यानको विश्लेषण र अलगोरिदमको प्रयोगबाट कोभिड-१९ निदान गर्नसक्ने एक सफ्टवेयर विकास गरेका थिए जसको परिणाम ९७% सही आएको थियो । शोधकर्ताहरूले एआईमा आधारित सफ्टवेयरको प्रयोगले कोभिड-१९ जस्ता रोगहरूको जाँच बिनात्रुटि द्रुत गतिमा हुनसक्ने र स्वास्थ्यकर्मीहरूको भार कम हुने आँकलन गरेका छन् ।

बार्ड एआई च्याटबट अझै शक्तिशाली हुने गुगल प्रमुख पिचाइको घोषणा

माइक्रोसफ्टले आक्रामक रूपमा लगानी र प्राविधिक क्षमतासँगै एकपछि अर्को एआई प्लाटफर्म सार्वजनिक गरेपछि आर्टिफिसियल इन्टेलिजेन्सको दौडमा पछि परेको देखिएको गुगलले आगामी साता थपिने अपडेटमार्फत आफ्नो एआई च्याटबट अझै शक्तिशाली हुने घोषणा गरेको छ ।

एआई फाइटर जेट बनाउन विकसित मुलुकहरूबीच बढ्दो प्रतिस्पर्धा

अमेरिका, चीन, बेलायत, जापान, रुस, अस्ट्रेलियालगायत देशहरू अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सहितको लडाकु विमान बनाउन र त्यसको परीक्षणमा लागिपरेका छन् । अमेरिका र चीनले हालै मात्र मानवरहित त्यस्ता विमानको परीक्षण उडान र युद्धाभ्यास समेत गरिसकेका छन् । केही समयपछि फाइटर जेटहरू पूर्णतया चालकरहित हुने वा रिमोटको सहायताले जमिनबाटै सञ्चालित हुने अनुमान गरिएको छ । अहिलेसम्मका परीक्षणमा एआई फाइटर जेटहरूले उत्कृष्ट प्रदर्शन गरेको पाइन्छ ।

राकुटेन भाइबरले एआई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्दै 

राकुटेन भाइबरले ‘एआई च्याट एन्ड क्रिएट’को सुरुवात गरेको छ । जसले प्रयोगकर्तालाई एआई टेक्स्ट र तस्बिरहरु बनाउन सहजता प्रदान गर्दछ । डल–ई र दाविंचीजस्ता जेनेरेटिभ एआईका विशेषता प्रयोग गरिएको यो एपको च्याटबट मार्फत प्रयोगकर्ताले कुनैपनि प्रश्न सोध्न वा तस्बिरहरू डिजाइन गरेर रचनात्मक ढंगबाट प्रयोग गर्न सक्ने भाइबरले जनाएको छ । 

गुगलले तयार पार्‍यो च्याटजीपीटीकै मोडलको बार्ड एआई

गुगलको अभिभावक कम्पनी अल्फाबेटले आफ्नै नयाँ च्याटबट तयार पारेको घोषणा गरेको छ । गुगललाई कडा चुनौति दिनसक्ने भनेर चर्चा भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम च्याटजीपीटी पछिल्लो समय अत्यधिक लोकप्रिय रहेका बेला प्रतिस्पर्धीकै रुपमा गुगलले च्याटबट तयार गरेको हो । 'बार्ड' नाम दिइएको उक्त्त च्याटबट हाललाई 'विश्वसनीय परीक्षक'लाई परीक्षणका लागि दिने र आउँदो साता सर्वसाधरणलाई उपलब्ध गराउने गुगलले जनाएको छ ।

अब गुगलको पनि एआई टुल

प्रविधिका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स एप ‘च्याट जीपीटी’ को चर्चा चुलिइरहेका बेला गुगलले पनि त्यस्तै टुल ल्याउने भएको छ । आगामी दिनमा गुगलका सबै उत्पादनमा च्याट जीपीटीकै शैलीमा उत्तर दिने च्याट बट तयार गरेको र त्यसबारे परीक्षण भइरहेको सीएनबीसी न्युजले जनाएको छ ।

एआई प्रयोग गर्नेमा भारत र चीन संसारकै अग्रणी

आर्टफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्नेमध्ये भारतीय र चिनियाँ कम्पनीहरू सबैभन्दा अगाडी रहेको पाइएको छ । प्रविधिमा विकसित देशहरूभन्दा यी दुई देशमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढी रहेको एक सर्वेक्षणले देखाएको छ ।

फ्युजमेसिनद्वारा नेपालमा 'एआई फेलोशिप २०२२' को घोषणा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिभा, शिक्षा र सेवा प्रदान गर्दै आएको संस्था फ्युजमेसिनले  नेपालमा 'एआई फेलोशिप २०२२' को घोषणा गरेको छ । यो अनलाइन मार्फत प्रत्यक्ष प्रमाणीकरण हुने फेलोशिप कार्यक्रम विगत २ वर्षदेखि फ्युजमेसिनको पहलमा नेपालमा विस्तार गरिँदै आएको छ ।