२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
उज्यालो पूर्व

‘प्रदेशले सबैलाई समेट्न सकेन’

आश्विन १५, २०७९

प्रदेश १ को नामाकंन हुन नसक्नुको पछि यो पाँच वर्षको कार्यकालमा सरकार फेरबदल नै प्रमुख कारण रह्यो। ३ वर्षसम्म नेकपा एमालेकै नेतृत्वमा सरकार थियो ।...

‘अस्ट्रेलिया जान्छुभन्दा ५०/६० लाखसम्म पाइन्छ तर व्यापार गर्छुभन्दा पैसै पाइँदैन’

विगत ४/५ वर्ष काम गरेको अनुभवले भन्नुपर्दा सर्वप्रथम मानव संशाधन छैन । दक्ष मान्छे छैन । स्टार्टअप भनेको प्रशिक्षण तथा विकासको संस्थाजस्तै भएको छ । अर्को, समस्या न्यूनतम ज्याला पनि हो । अन्य कम्पनीहरु (विचार र विकास अभिमुखीकरण कम्पनी)सँग काम गरेको अनुभवमा पनि यो भन्दै छु ।

‘ठूलो घर, भव्य ठाउँ र पिच सडक हुँदैमा सहर बन्दैन’

हामी बदलिँदो सहरको विषयमा कुरा गर्दैछौं, गर्छौं । यहाँ सहभागीको उपस्थिति हेर्दा बन्दै गरेको सहरमा गरेको भए राम्रो हुन्थ्यो कि । सहरमा कलाको कुरा, जीवनको कुरा, पेन्टिङका कुरा । नाटकको कुरा गर्दा मान्छेलाई धेरै चाख हुन्छ । मान्छेहरु धेरै रमाउँछन् । गाउँमा राजनीतिक कुरा गर्दा मान्छेहरु धेरै खुसी हुन्छन् । नेताहरु आए भने गाउँमा हुरहुर्र मान्छेहरु आउँछन् । नेताहरु गएपछि मान्छे पनि सकिन्छ । नेताहरुसँगै जान्छन् । सहरमा त्यस्तो हुँदैन । सहरमा जीवन, कला, साहित्यको कुरा हुँदैछ भने मान्छे बस्छ । यहाँ हेर्दैछु नेताहरु जानु भयो, हामी सबै गयौं । भनेपछि बदलिँदै सहर भन्दापनि बन्दै गरेको सहर राम्रो हुन्थ्यो ।

‘चीन र भारतका उद्योगसँग हामीले प्रतिस्पर्धा गर्नु भनेको साँढे र बाख्रा जुधे जस्तै हो’ 

नेपालको पहिलो उद्योग विराटनगरमै स्थापना भएको थियो । यो हामी सबैलाई थाहा नै छ । तर पछि ट्रान्जिन्ट प्वाइन्टका हिसाबले वीरगन्ज नाकामा रेल पुगेर भाडा सस्तो भएपछि उद्योगहरू विस्तारै भारतीय क्षेत्रमा बढ्न थाले । बन्दरगाहबाट वीरजन्गसम्ममा मालवस्तु ढुवानीका लागि अहिलेसम्म रेललगायतका सजिलो र द्रुततर यातायात सुविधा बन्न सकेनन् । यो आन्तरिक समस्या हो । 

‘उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण चाहियो’ 

सरकारले राजस्व संकलन धेरै गरेको छ । यो देशमा उत्पादन बढेर, आर्थिक गतिविधिमा बढोत्तरी आएर भएको नभई आयात महँगो भएर हो । यसअघि १ हजार डलर पर्ने सामानको मूल्य तीन हजार डलर पुगेको छ । आयातको मूल्य बढेपछि राजस्व बढ्नु स्वाभाविक नै हो । प्रदेश १ मा कृषिको सम्भावना राम्रो छ ।

राजनीतिक स्थिरता नहुँदा विकास निर्माणले गति लिन सकेन : सञ्चारमन्त्री कार्की

मुलुकको हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर नीति निर्माण गर्ने गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार प्रदेश १ मा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रम अन्तर्गत ‘अर्थ नीतिका उल्झन’ विषयक सत्रमा बोल्दै मन्त्री कार्कीले समस्या पुँजीगत खर्च कम हुनु रहेको बताए ।

विशिष्ट अवस्थामा बनेको सरकारबाट अर्थतन्त्रमा ठूलो सुधारको अपेक्षा गर्नु हुँदैन : मन्त्री आङ्बो

संघीय सरकारबाट मुलुकको अर्थतन्त्रमा ठूलो सुधारको अपेक्षा नगर्न प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । उनले विशिष्ट अवस्थामा बनेको सरकार भएकोले अर्थतन्त्रमा ठूलो सुधार हुने अवस्था नरहेको बताए । 

‘३२ वर्षसम्म हामी कसैैले पनि काम गर्ने इच्छाशक्ति देखाएनौं’

गएको तीन दशकभन्दा बढी राज्यका सबै तह र तप्कामा रहेका पदाधिकारीहरुको काम गर्ने इच्छाशक्ति नहुँदा मुलुकको विकास हुन नसकेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताएका छन् ।

अटोमोबाइल्समा अवसर र चुनौती दुवै छन् : अटो व्यवसायी शर्मा

महाविर अटोमोबाइल्सका प्रबन्ध निर्देशक ओमप्रकाश शर्माले नयाँ व्यवसायीहरुले अटोमोबाइललाई अवसरको रुपमा पहिचान गर्दै यही व्यवसाय छिर्न खोजिरहेको बताएका छन् । 

पूर्वमा मात्रै विद्युत्‌मा ७ प्रतिशत लगानी छ : सुवर्णदास श्रेष्ठ 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का पूर्वअध्यक्ष सुवर्णदास श्रेष्ठले देशकै तुलनामा पूर्वमा विद्युत्‌मा धेरै लगानी रहेको बताए । शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उज्यालो पूर्व कार्यक्रमको चौथो सत्र ‘पूर्वको पौरख’ मा उनले देशभर विद्युत्‌मा ४ प्रतिशत लगानी हुँदा पूर्वमा मात्रै  ७ प्रतिशत लगानी रहेको बताए । 

कोभिडले थलिएको आरोहण क्षेत्र जुर्मुराउन थालेको छ : माया शेर्पा

ट्रेकिङ गाइडबाट काम सुरु गर्दै पर्वातारोहणमा कहलिएकी माया शेर्पाले कोभिड महामारीले यो क्षेत्र थिलथिलो बनाएको बताएकी छन् । कोभिड महामारीले ठप्प भएको आरोहण क्षेत्र अहिले भने जुर्मुराउने क्रममा रहेको उनले बताएकी छन् ।

कृषि, ऊर्जा, पर्यटन र निर्यात प्रवर्द्धन नेपालका लागि तुलनात्मक लाभका क्षेत्र : पवन गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले नेपालका लागि कृषि, नवीकरणीय ऊर्जा, पर्यटन र निर्यात प्रवर्द्धन नेपालका लागि तुलनात्मक लाभका क्षेत्र रहेको बताएका छन् । 

'ट्रान्जिट प्वाइन्ट नहुँदा विराटनगर पछि पर्‍यो'

उद्योगी अरुण राठीले विराटनगरमा ट्रान्जिट प्वाइन्ट नहुँदा बन्दरगाहाबाट आउने सामान सिधै आउन नसकेको बताएका छन् । 

'स्टार्टअपका लागि वित्तियसँगै सांस्कृतिक सहयोग भएन'

युवा उद्यम कार्यशाला सञ्चालक अनिल पराजुलीले स्टार्टअपका लागि वित्तिय र सांस्कृतिक हिसाबले सहयोग नभएको बताएका छन् । कान्तिपुर दैनिकले आयोजना गरेको ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रम अन्तर्गतको तेस्रो सत्र ‘युवा उद्यमीका अपेक्षा’मा उनले सो कुरा बताएका हुन् । 

लामो समय एउटैले नेतृत्व लिने नेतालाई फाल्ने नीति भएन : कविन श्रेष्ठ

लामो समय एउटैले नेतृत्व लिने राजनीतिज्ञलाई फाल्ने नीति नहुँदा समस्या भएको लेमन ट्रि प्रिमियर होटल तथा रोटरी क्लव विराटनगरका अध्यक्ष कविन श्रेष्ठले बताएका छन् ।

‘ठूलो उद्योग खोल्न महिलालाई ऋण दिइन्न’

वित्तीय नीतिहरू बनाउँदा सरकारले महिलालाई दोस्रो दर्जाका रूपमा व्यवहार गरेको किन्डर पिलर स्कुलकी अध्यक्ष श्रुती शर्माले बताएकी छन् । भुँइतहका महिलाको परिस्थिति नबुझिकनै नीति र प्रक्रिया बनाउँदा लक्षित समुदायले कर्जा सहुलियत लगायत वित्तीय सुविधा उपयोग गर्न नसकेको उनको भनाइ छ ।

संघीय सरकारले समय सापेक्ष नीति ल्याउनुपर्छ : व्यवसायी राठी

संघीय सरकारले बनाएका नीतिगत व्यवस्थाले उद्योग र व्यवसाय प्रभावित हुने गरेको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले बताएका छन् ।

पूर्वका सहर बदलिएका छैनन्, बन्दै छन : दाहाल

लेखक केशव दाहालले प्रदेश १ का सहर बन्ने क्रममा रहेको बताएका छन् । बन्दै गरेको सहरमा राजनीतिभन्दा जीवन, पेन्टिङ, नाटकको कुरामा मान्छे रमाउने उनको भनाइ छ ।

‘बैंकको ब्याजदर नघटे मोरङ व्यापार संघ आन्दोलनमा उत्रिन्छ’

बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको निर्णय फिर्ता नगरे आफूहरू सडक आन्दोलनमा उत्रिने मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुले बताएका छन् । ब्याजदरवृद्धिले लागत बढ्ने भएकाले उद्योग व्यापार सञ्चालन गर्न नसक्ने अवस्था आएका कारण ब्याजदर घटाउनुको विकल्प नभएको उनको भनाइ थियो ।