कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

आईपीएल २०२४ : राजस्थानलाई हराएर हैदरावाद फाइनलमा

चेन्नाई — सनराइज हैदरावादले शुक्रबार राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै आईपीएल २०२४ को फाइनलमा प्रवेश गरेको छ । अब फाइनलमा हैदरावादले कोलकता नाइट राइडर्सको सामना गर्नेछ । स्पिनर साहबाज अहमदले तीन विकेट लिँदै घातक बलिङ गरेपछि हैदरावादको जित सम्भव भएको हो ।

आईपीएल २०२४ : राजस्थानलाई हराएर हैदरावाद फाइनलमा

पहिले ब्याटिङ गरेको हैदरावादले नौ विकेटमा १ सय ७५ रन बनाएको थियो । त्यसमा हेनरिक क्लासेनले ३४ बलमा ५० रन बनाए । त्यसपछि साहबाजसँगै अन्य बलरको उत्कृष्ट बलिङ अगाडि राजस्थान सात विकेट गुमाएर १ सय ३९ रनमै रोकियो । हैदरावाद फाइनल पुगेको यो तेस्रो अवसर हो ।

फाइनल आइतबार चेन्नाइमा हुनेछ । साहबाज इम्प्याक्ट सब्टिच्युटका रूपमा ब्याटिङमा आएका थिए र १८ रन बनाए । त्यसपछि उनले बायाँ हाते स्पिन बलिङको मद्दतले २३ रनमा तीन विकेट लिए । कोलकाताले प्ले–अफको पहिलो खेलमा हैदरावादलाई नै हराएर फाइनल पुगेको थियो । अब फेरि उनीहरू उपाधिका लागि भिड्ने छन् ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?